close

ईसेवा मनी ट्रान्सफरबाट रकम पठाउँदा १०० रुपैयाँको रिचार्ज सित्तैमा

टेकपाना टेकपाना

असोज १९, २०७७ १५:१२

ईसेवा मनी ट्रान्सफरबाट रकम पठाउँदा १०० रुपैयाँको रिचार्ज सित्तैमा

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले नेपालीहरूको महान पर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘दशैं तिहार भर, सयको अफर’ योजना सार्वजनिक गरेको छ । इसेवा मनी ट्रान्सफर मार्फत विदेशबाट आफन्तले पठाएको रकम प्राप्त गर्दा कम्पनीले सय रुपैयाँ बराबरको रिचार्ज जित्न सकिने अफर ल्याएको हो ।

ईसेवा मनी ट्रान्सफरका एजेन्ट मार्फत रकम प्राप्त गर्दा सय रुपैयाँ बराबरको रिचार्ज पाइने छ । साथै सोझै ईसेवा खातामा रकम प्राप्त गर्दा ईसेवा खातामा सय रुपैयाँ बोनस प्राप्त गर्न सकिनेछ ।

यो योजना मंसिर ६ गतेसम्म लागु हुने ईसेवा मनी ट्रान्सफरले जनाएको छ । तर यो योजना विदेशबाट रेमिट्यान्स् पठाउनेको हकमा मात्र लागु हुनेछ ।

रेमिट्यान्स् क्षेत्रलाई सरल र छिटो बनाउनको लागि अग्रसर रहको ईसेवा मनी ट्रान्सफरले जापान, मलेसिया, बहराइन, अमेरिकाका साथै युरोपियन मलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

हालको विषम परिस्थितिमा डिजिटल माध्यमबाट रकम पठाउँदा सुरक्षित हुनुका साथै समयको बचत तथा आर्थिक लाभ समेत मिल्ने हुँदा नेपालको रेमिट्यान्स् क्षेत्रमा अझ सरल र सुरक्षित ढंगले रेमिट्यान्स् भित्र्याउनदे दिशामा कम्पनीले काम गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०