close

ईकर्मसमा थपियो ‘स्टप ग्रयाब’, भनेजस्तो सामान नभए ७ दिनभित्र फिर्ता

टेकपाना टेकपाना

असोज २०, २०७७ १५:२२

ईकर्मसमा थपियो ‘स्टप ग्रयाब’, भनेजस्तो सामान नभए ७ दिनभित्र फिर्ता

काठमाडौं । नेपाली ईकमर्स बजारमा स्टप ग्य्राब नामक नयाँ ईकमर्स कम्पनीको प्रवेश भएको छ । करिब डेढ वर्षको गृहकार्यपछि कम्पनीले नेपाली बजारमा आफ्नो पाइला चालेको हो ।

स्टप ग्रयाबको वेबसाइटका विभिन्न ५०० भन्दा बढी बिक्रेता रहेका छन् । ती बिक्रेताबाट ग्राहकले सर्वसुलभ रुपमा सामान खरिद गर्न सक्नेछन् ।

साथै यसबाट बजारमा व्याप्त बिचौलिया तथा मोलमोलाइको समस्याबाट समेत क्रेता र बिक्रेता दुवैले छुट्कारा पाउने कम्पनीको विश्वास छ । स्टप ग्र्याबमा लत्ता कपडा, घर सजावटका सामग्री, ग्रोसरी, कस्मेटिक तथा विभिन्न भेराइटीका गुणस्तरीय सामग्रीहरु राखिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार झाले आफ्नो प्लेटफर्ममा रहेका हजारौं सामग्री मध्येबाट उपभोक्ताले छानी छानी उचित मूल्यमा सामान खरिद गर्न सक्ने बताए । साथै केही सामग्रीमा विशेष छुट तथा अफरको सुविधाहरु पनि रहेको छ ।

दशैंको खुसियालीमा कम्पनीले प्रिपेड भुक्तानी गर्ने भाग्यशाली १० जना ग्राहकलाई दशैं उपहार स्वरुप शतप्रतिशत नगद फिर्ताको स्किम पनि ल्याएको छ ।

अर्डर पश्चात छिटोभन्दा छिटो होम डेलिभरी दिइने कम्पनीले जनाएको छ । कम्पनीले डेलिभरी भइसकेको सामान भए अनुसार नभएको खण्डमा सात दिने रिटर्न पोलिसी समेत तयार पारेको छ ।

स्टप ग्र्याबले नेपाल भरका बिक्रेता तथा उपभोक्तालाई समेट्ने लक्ष्य लिएको छ । यसका लागि निकट भविष्यमा पाँच सय भन्दा बढी जनशक्ति परिचालन गरिने सीईओ झाले बताए ।

उनले भने, ‘हामी भारत, चीन, श्रीलंका, मलेसिया, सिंगापुर, अमेरिका, अष्ट्रेलिया र यूरोपेली मुलुकहरुमा समेत आफ्नो सञ्जाल विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा कारोबार गर्ने लक्ष्यका साथ अगाडि बढेका छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०