close

आईफोन ट्वेल्भ सिरिजमा १२० हर्जको रिफ्रेस रेट नहुने

टेकपाना टेकपाना

असोज २७, २०७७ २२:१४

आईफोन ट्वेल्भ सिरिजमा १२० हर्जको रिफ्रेस रेट नहुने

काठमाडौं । बहुप्रतिक्षित आईफोन १२ सिरिजको आज एप्पलको भर्चुअल समारोह मार्फत सार्वजनिक हुँदैछ । तर उक्त आइफोन सार्वजनिक हुनुअघि नै यो सिरिजमा १२० हर्जको रिफ्रेस रेट नहुने खुलासा विभिन्न सञ्चारमाध्यमले गरेका छन् ।

यद्यपि एप्पलले यसबारे केही खुलाएकाे छैन । यसअघि एप्पलको आईफोन १२ सिरिजमा ११ सिरिजको तुलनामा दुईगुणा धेरै १२० हर्जको रिफ्रेस रेट हुने चर्चा चलेका थिए । तर अब त्यसो नहुने भएको छ ।

एप्पलले १२० हर्जको रिफ्रेस रेटको सट्टा फोनभित्र फाइभजी मोडेम प्रयोग गरेको हुनाले उक्त रिफ्रेस रेटको अप्सन हटाएको खुलासा भएको हो ।

यसअघिका फोरजी मोडेमको तुलनामा यस सिरिजले एकदमै धेरै ब्याट्री खपत गर्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४