एनएमबी बैंकको एपबाट दशैंमा दक्षिणा पठाउँदा ३ सय रुपैयाँसम्म क्यासब्याक
कात्तिक ७, २०७७ २०:४८
काठमाडाैं । नेपालीहरुको महान चाड दशैलाई लक्षित गरी एनएमबी बैंकका ग्राहकहरुले दशमीको दिन मोबाइल बैंकिङ्गबाट दक्षिणा दिँदा तीन सय रूपैयाँसम्म क्यासब्याक पाउने भएका छन् ।
एनएमबी नेपालकै पहिलो बैंक हो जसले ओम्नी च्यानल सुरु गरी मोबाइलबाटै केवाईसी अपडेट
लगायतका विभिन्न दैनिक उपभोग्य वस्तुको भुक्तानी र फण्ड ट्रान्सफर सुविधाहरु घरमै बसी
उपभोग गर्ने गरी सरल योजना प्रस्तुत गरिसकेको छ ।
एनएमबी बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
