close

स्मार्टफोनमा यसरी प्रयोग गर्नुहोस् फिङ्गरप्रिन्ट स्क्यानर

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ १०:४५

स्मार्टफोनमा यसरी प्रयोग गर्नुहोस् फिङ्गरप्रिन्ट स्क्यानर

काठमाडौं । एन्ड्राेइड स्मार्टफोनमा अनलक गर्न फिङ्गरप्रिन्ट एकदमै सजिलो र छिटो तरिका हो । तर फिङ्गरप्रिन्ट रिडर त्यति धेरै विश्वसनीय पनि हुँदैन ।

अनलक हुने जति समयको बाचा कम्पनीहरुले गर्छन्, त्यो भन्दा धेरै समय लागिरहेकाे हुन्छ । कहिलेकाहिँ धेरैपटक प्रयास गर्दा पनि यसले राम्रोसँग काम गर्न सक्दैन । यसपछाडिका कारण धेरै छन् । 

मुख्य समस्या भनेको तपाईंको फिङ्गरप्रिन्टमै हुन्छ । जब तपाईं हात धेरै प्रयोग गर्नुहुन्छ, तब औंलाका धर्साहरु मेटिने र लगातार परिवर्तन भइरहने गर्छन् ।

यसको अर्थ कुनै अपराध गर्दा फ्रिङ्गरप्रिन्ट स्क्यानिङबाट तपाईं बच्नुहुन्छ भन्ने होइन । तर डिभाइसमा फिङ्गरप्रिन्ट स्क्यान गर्दा भने यसले समस्या पैदा गराउन सक्छ । 

यदि घरभन्दा बाहिरको अप्ठ्यारा कामहरु गर्नुहुन्छ, जसले गर्दा तपाईंको हातमा घर्षण पैदा हुन्छ भने तपाईंले यो समस्या भोगेको हुनुपर्छ ।

तर फिङ्गरप्रिन्टको फाइदा उठाउन केही उपायहरु तपाईंले अपनाउनु भयो भने फोनलाई सजिलै अनलक गर्न सक्नुहुन्छ । 

१. बीचको औंला प्रयोग गर्नुहोस् 

फिङ्गरप्रिन्ट सेट गर्दा सधै आफ्नो हातको बीच औंला प्रयोग गर्नुहोस् । यसमा बानी बसाल्न थोरै समय लाग्न सक्छ तर अन्य औंलाहरुको तुलनामा यसलाई क्षति पुग्ने सम्भावना एकदमै कम हुन्छ । 

२. औंलाको साइड प्रयोग गर्नुहोस् 

फ्रिङ्गरप्रिन्ट सेट गर्दा कहिल्यै पनि औंलाको टुप्पो प्रयोग नगर्नुहोस् । सकेसम्म औंलाको साइड प्रयोग गर्नुहोस्, विशेषगरी औंठा वा थम्प  । साइड माउन्टेड फिङ्गरप्रिन्ट रिडर भएका फोनमा यसले एकदमै राम्रोसँग काम गर्दछ । 

३. फिङ्गरप्रिन्ट रिसेट गरिरहनुहोस्

यो समस्यालाई समाधान गर्ने उपाय भनेको आफूले फिङ्गरप्रिन्ट सेट गरेको हातको औंलाबाटै समय समयमा पटक पटक फिङ्गरप्रिन्ट रिसेट गरिरहनुहोस् ।

ताकि तपाईंको डिभाइसको फिङ्गरप्रिन्ट स्क्यानरले औंलाको सबै अवस्थालाई पहिचान गरेर काम गर्न सकोस् । आफ्नो डिभाइसको फिङ्गरप्रिन्ट सेन्सरले काम नगर्नेहरुका लागि यो उपाय एकदमै उपयोगी छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०