काठमाडौं । युट्युवले मंगलबारमात्रै अमेरिकामा चलिरहको चुनावबारे भ्रामक जानकारी दिने भिडियोलाई बन्द गर्ने जानकारी दिएको थियो । त्यसैअनुरुप गलत मत परिणमा दिएर लाखौं भ्युज बटुल्ने कतिपय लाइभ स्ट्रिमिङ भिडियो हटाइएकाे छ ।
यतिसम्म कि त्यस्ता भिडियोमा विज्ञापन पनि बजेका थिए । यसको मतलब उनिहरुले त्यसबाट राम्रै आम्दानी गरिरहेका थिए ।
‘हामीले कम्पनीको नीतिभित्र रहेर भिडियो हटाएका हौं,’ युट्युवका प्रवक्ताले भने, ‘हामीले चुनावअघि, चुनाव चलिरहँदा र चुनावपछि चुनावसँग सम्बन्धित गलत जानकारी दिन नमिल्ने भनी जानकारी गराएका थियौं ।’
हटाइएको लाइभ भिडियो एक म्युजिकसँग सम्बन्धित च्यानलले चलाएको पाइएको छ । उक्त च्यानलले रिजल्टको गलत जानकारी दिइरहेको सार्वजनिक भएको स्क्रिनमा समेत देखिएको छ ।
उक्त जानकारी सुरुमा ट्वीटरमा आएको थियो । युट्युवलाई ट्याग गरी आएको उक्त ट्वीटका आधारमा अध्ययन गरी उक्त च्यानलको लाइभ स्ट्रिमिङ बन्द गरिएको उल्लेख गरिएको छ ।