close

जेडी स्टोरमा ११ सेकेन्डमै ‘सोल्ड आउट’ भयो ह्वावे मेट फोर्टी

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ १४:५५

जेडी स्टोरमा ११ सेकेन्डमै ‘सोल्ड आउट’ भयो ह्वावे मेट फोर्टी

काठमाडौं । विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावे टेक्नोलोजीले गत शुक्रबार चीनमा बहुप्रतिक्षित फ्ल्यागशिप सिरिज ह्वावे मेट फोर्टी सार्वजनिक गर्‍यो ।

यसैबीच चीनकाे ईकमर्स जेडी अनलाइन स्टोरमा प्रि-अर्डर सुरु भएको ११ सेकेन्डमै ह्वावे मेट फाेर्टी सोल्ड आउट भएकाे छ । जबकि याे स्टाेरबाट आईफोन ट्वेल्भ सिरिज ४५ मिनेटमा सोल्डआउट भएको थियो ।

यसअन्तर्गत जेडीमा ८ सेकेन्डमै १०० मिलियन सेल गरेर मेट फाेर्टीले पहिलाे रेकर्ड राखेकाे जनाएकाे छ । साथै ह्वावे मेट फाेर्टी सर्च गर्ने प्रयाेगकर्ताहरू मेट थर्टीका तुलनामा ६ सय प्रतिशतले बढेकाे उसले जानकारी दिएकाे छ ।

जेडीबाट उपलब्ध जानकारी अनुसार याे अहिले सबैभन्दा बढी लोकप्रिय स्मार्टफोन भएको देखाउँछ । त्यस्तै प्रि अर्डर सुरू भएकाे शुक्रबारका दिन अलिबाबाको ईकमर्स प्लेटफर्म टिमलमा १२ हजार मानिसले फ्ल्यागशिप फाेन खरिद गरेका थिए ।

ह्वावे कन्जुमर डिभिजनका सीईओ रिचार्ड यू चेङदोङका अनुसार हाल विश्वभर ८० कराेड मानिसले ह्वावेका फाेन प्रयाेग गर्छन् ।

अमेरिकाले हाई-इन्ड चिपसेटमाथि लगाएको प्रतिबन्धका बाबजुद ह्वावेले आफ्नै चिपसेटका साथ अत्याधुनिक फिचर सहित यो सिरिज गरेकाे जनाएकाे छ ।

चिनियाँ संस्करणपछि ह्वावेले युराेपेली बजारमा लागि ह्वावे मेट फाेर्टी प्राे विस्तार गर्ने तयारी गरिरहेकाे छ । नेपाली बजारमा पनि चाँडै मेट फाेर्टी प्राे आउने र यसकाे मूल्य एक लाख ७० हजारकाे हारहारीमा हुने अनुमान गरिएकाे छ ।

ह्वावेकाे मेट फाेर्टीले हालै सार्वजनिक एप्पलकाे आईफोन ट्वेल्भसँग कडा प्रतिस्पर्धा गर्ने विश्लेषण गरिएकाे छ । पछिल्लो हाई-इन्ड स्मार्टफोन सिरिज ह्वावे मेट फाेर्टी विश्वकै पहिलो नानोमिटर फाइभजी चिपसेटले सञ्चालित छ ।

किरिन ९००० फाइभजी नानाेमिटर चिपसेट उत्पादनसँगै मेट फाेर्टी सिरिजबाट अमेरिकाले सुरू गरेकाे प्रविधि युद्धकाे जवाफ ह्वावेले फर्काएकाे चर्चा गर्न थालिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०