close

स्नातक तहका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

कात्तिक १९, २०७७ २१:२३

स्नातक तहका विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा, यसरी हुनुहोस् सहभागी

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमित रुपमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क डेटा उपलब्ध गराइने भएको हो ।

कोभिड १९ काे महामारीको संकटबाट उच्च शिक्षामा अध्ययनरत विपन्न वर्गका विद्यार्थीको शिक्षामा समान पहुँचका लागि भन्दै केन्द्रले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

त्यसका लागि विद्यार्थीले वित्तीय सहयोग कार्यक्रमको वेवसाइटमा गई फारम भर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त फारम कात्तिक २१ गते अर्थात शुक्रबारसम्म भर्न सकिनेछ । केन्द्रका अनुसार उक्त समयमा फारम भरेका विद्यार्थीको अनलाइन फारम कलेजले समेत रुजु गर्नुपर्ने छ । त्यसका लागि क्याम्पस प्रमुखको नाम, फोन नम्बर र क्याम्पसको ईमेल एडरेस सहितका विवरण पेश गर्नु पर्नेछ ।

यस कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयबाट माध्यामिक तह उत्तिर्ण गरी हाल स्नातक तहमा अध्ययन गरिरहेको हुनुपर्नेछ ।

विद्यार्थीसँग डेटा चलाउनका लागि आवश्यक मोबाइल आफैंले व्यवस्था गर्नुपर्नेछ । यदि यी सबै कुरा मिलेको खण्डमा विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्दाको रजिष्ट्रेसन नम्बरलाई ‘युजरनेम’ र जन्ममितिलाई ‘पासवर्ड’ बनाई यहाँ लगईन गर्नुपर्ने हुन्छ ।

लगईनपछि त्यहाँ आवश्यक जानकारी भर्नुपर्नेछ । विद्यार्थीले भरेको विवरणका आधारमा विद्यालयले त्यसलाई रुजु गरेपछि केन्द्रले नि:शुल्क डेटाको लागि छनोट गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०