close

लाखौं प्रयोगकर्ताको ‘माइक्रोसफ्ट टिम्स’ अब नचल्ने, कतै तपाईं त पर्नु भएन ?

टेकपाना टेकपाना

कात्तिक २०, २०७७ १४:४१

लाखौं प्रयोगकर्ताको ‘माइक्रोसफ्ट टिम्स’ अब नचल्ने, कतै तपाईं त पर्नु भएन ?

काठमाडौं । कोभिड १९ का कारण पछिल्लो समय जुम, गुगल मिट, माइक्रोसफ्ट टिम्स लगायतका भिडियो कन्फ्रेन्सिङ एपको प्रयोग बढ्दो छ ।

कोरोनाका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अहिलको अवस्थामा भिडियो कन्फ्रेन्सिङ टुलमार्फत नै अनलाइन काम भइरहेको अवस्था छ । कतिपय कार्यालय यसबाटै सञ्चालन भइरहेको छ भन्दा फरक नपर्ला ।

यसरी यस्ता टुलको प्रयोग बढिरहँदा इन्टरनेट एक्स्प्लाेर ब्राउजरबाट माइक्रोसफ्ट टिम्स प्रयाेग गरिरहेका माक्रोसफ्टका लाखौं प्रयोगकर्ता प्रभवित हुने भएका छन् ।

त्यसरी प्रभावित हुनेमा कतै तपाईं आफैं त पर्नुभएन ? त्यसका लागि माइक्रोसफ्ट टिम्सका प्रयोगतर्का केही विषयमा जानकार हुन आवश्यक छ ।

सन् २०२० को सुरुवातमै रेडमन्डमा आधारित टेक जायन्टले इन्टरनेट एक्सप्लोरका विभिन्न सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

उसले माइक्रोसफ्टको नयाँ र परिष्कृत इन्टरनेट ब्राउजर माइक्रोसफ्ट एजमा सिफ्ट हुन प्रयोगकर्तालाई आग्रह गरेको थियो । त्यसैका आधारमा यही महिना माइक्रोसफ्ट एक्सप्लोर इलाभेन बन्द गर्ने काम हुँदैछ ।

जसको असर सबैभन्दा सुरुमा माइक्रोसफ्ट टिम्समा पर्ने जनाइएको छ । वर्षकै सुरुवातमै माइक्रोसफ्ले इन्टरनेट एक्सप्लोर इलाभेनको वेब भर्सन नोभेम्बर ३० देखि सर्पोट बन्द गर्ने उल्लेख गरेको थियो ।

यसका आधारमा आउँदो ३० तारिकबाट माइक्रोसफ्ले इन्टरनेट एक्सप्लोर इलाभेनका लागि सपाेर्ट बन्द हुनेछ ।

यदि तपाईं माइक्रोसफ्ट इन्टरनेट एक्सप्लोर इलाभेन नै प्रयोग गरिरहनु भएको छ भने यही महिनादेखि सपोर्ट अन्त्य हुने भएकाले माइक्रोसफ्ट टिम्स प्रयोग गर्न सकिने छैन । त्यसैले नयाँ इन्टरनेट ब्राउजरमा सिफ्ट हुनु नै उत्तम विकल्प हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०