close

टिण्डर, एउटा डेटिङ एप मात्र थिएन

टेकपाना टेकपाना

कात्तिक २१, २०७७ १२:२७

टिण्डर, एउटा डेटिङ एप मात्र थिएन

मेराे माेबाइलमा टिण्डर एप लाेड भइरहेकाे थिएन । दिउँसाेकाे समय थियाे । कराँचीमा मेरो कारको पछाडि बसिरहेको थिएँ  । ट्राफिक लाइट आएपछि कार रोकियाे र मैले मेरो फोनलाई एयरप्लेन मोडमा राखेँ । म एकजना मन मिल्ने साथीसँग कुरा गरिरहेको थिएँ। । त्यसैले मैले टिण्डर फेरि खोलेँ । तर त्यसले काम गरेन । 

मैले यत्तिकैमा इन्स्टाग्राम खोलेँ । पोस्टहरु सबै स्पष्ट थिए, सामान्य थिए । फोरजी राम्रैसँग चलिरहेको थियो । सिग्नल राम्रो चल्दैन थियो भनेर मलाई थाहा थियो । यद्यपि मैले प्रयास गरेको थिएँ ।

अन्त्यमा मैले ट्वीटर खोलेर ‘सर्च’  ट्याबमा गए । त्यहाँ मैले ‘टिण्डर पाकिस्तान ब्यान’ भनेर टाइप गरेँ । त्यहाँ पाकिस्तानकाे दूरसञ्चार प्राधिकरण जसलाई पीटीए भनिन्छ, उसको एउटा ट्वीट नोटिस देखियो । जसमा ग्रिन्डर, टिण्डर लगायत केही डेटिङ एपहरुमाथि प्रतिबन्ध लागू गरेको कुरा उल्लेख थियो । 

कुनै पनि अनलाइन प्लेटफर्म पाकिस्तानमा प्रतिबन्ध हुदाँ ट्वीटरमा मैले सर्च गरेको त्यो पहिलोपटक थिएन । २०१२ मा प्रोफेट मोहम्मदको खिल्ली उडाएको फिल्म प्रदर्शन गरेको भन्दै पाकिस्तान सरकारले युट्युबमाथि प्रतिबन्ध लगाएको थियो ।

त्यसबेला टाइलर स्विफ्टको लिरिक्समाथि गाली गर्दै धेरै मासिहरुले बाख्राको भिडियोहरु पोस्ट गरेका थिए, तब त्यस्तो व्यङ्ग्यमा सहभागी हुन म भने विश्वासनीय भीपीएनको खोजी गरिरहेकाे थिए ।

प्रोफेट मोहम्मदको कार्टुन फेसबुकमा अपलोड गर्न प्रयोगकर्ताहरुबीच प्रतिस्पर्धा चलेपछि २०१० मा पीटीएले फेसबुक, फ्लिकर र विकिपेडीया सबैमाथि प्रतिबन्ध लगाएको थियो । 

तर पाकिस्तानको सूचना तथा सञ्चार क्षेत्रका सबै कुराहरुमाथि निगरानी गर्न बनेको निकाय पीटीएले ब्लासफेसी अर्थात् इशनिन्दाजनक सामग्री मात्र प्रतिबन्ध लगाएको थिएन । पीटीएसँग टेलिफोन सेवा प्रदायक तथा इन्टरनेट सेवा प्रदायकबीच प्रतिस्पर्धाका लागि प्रेरित गर्नेदेखि फोन नम्बर दिनेसम्मका जिम्मेवारी छन् ।

यसले फोन तथा इन्टरनेटबारे प्रयोगकर्ताहरुको गुनासोको पनि निरीक्षण गर्दछ । २००६ मा देशको सर्वोच्च अदालतले उसलाई आपत्तिजनक सामग्रीमाथि प्रतिबन्ध लगाउन अधिकार प्रत्यायोजन गरेको थियो । 

अनैतिक क्रियाकलाप गर्न सक्ने सम्भावित मिडियामाथि पनि प्रतिबन्ध गरिने अभ्यास चल्न थालयो । आपत्तिजनक सामग्रीको धेरै किसिमका स्वरुप देखियो । अनलाइन पाेर्नाेग्राफी सामग्रीबाट त्रसित मुसलमान युवाले सात लाख ८० हजार साइटहरुको सूची बनाए, जसलाई आपत्तिजनक सामाग्रीको सूचीमा राखियो ।

ब्लगिङ साइटहरु प्रतिबन्धको चेपुवामा परे । मैले धेरै पढ्ने ‘डियर प्रुडेन्स प्रतिबन्ध भयो । जब माथि उल्लेखित कुनै पनि साइट तपाईं आफ्नो ब्राउजरमा खोल्न चाहनुहुन्छ, तब ‘सर्च सेफ्ली’ भन्ने एउटा म्यासेज मात्र पाउनुहुन्थ्यो । 

पहिलो युट्युब प्रतिबन्धपछि पाकिस्तान सरकारले विस्तारै पीटीएको शक्ति पनि विस्तार गरिदियो । पहिले पहिले पीटीएको मोरल पोलिसी लिगल ग्रे एरियासम्म थियो भने २०१६ को अगस्टमा पाकिस्तान सरकारले एउटा ऐन पारित गर्‍यो, जसमा सरकारले अनुचित ठानेका जुनसुकै सूचनामाथि जनताको पहुँच प्रतिबन्ध गर्न सक्ने व्यवस्था थियो ।

यसै वर्षको फेब्रुअरीमा पाकिस्तान सरकारले आफ्नो शक्तिलाई बचाउने नयाँ कानूनको दस्तावेज ल्यायो । तर अन्तराष्ट्रिय दबाबपछि सरकारले त्यसलाई निलम्बन गर्‍यो । तर सरकारले आफ्नो अडान कायम राख्दै सबै एपहरुले नियम पालना गर्नुपर्ने अन्यथा बाहिरिनु पर्ने चेतावनी दोहोर्‍यायो । 

विगतको केही महिना युवाले आफ्नो खाली समयमा के गर्छन् भनेर निगरानी गर्न टिण्डरलाई यति कै छोडिदियो । त्यपछि उसले पहिले लोकप्रिय गेम आरपीजीलाई बन्द गर्‍यो । त्यसपछि लाइभस्ट्रिमिङ एप बिगो र अहिले टिण्डर, ग्रिण्डर लगायतका केही डेटिङ एपमाथि प्रतिबन्ध लगायो । केही दिनपछि टिकटक पनि यो चेपुवामा पर्नेछ । 

नागरिक स्वतन्त्रताको विषयमा यी प्रतिबन्धहरुले के अर्थ राख्छन् भन्ने कुरामा म चिन्तित छु । साथै यस किसिमको प्रतिबन्धले मेरो भर्खरैको कलिलो डेटिङ एपलाई के गर्ला भन्ने कुरामा पनि मेरो चिन्ता छ । 

मेलै ११ वर्षको हुँदा अमेरिका जानका लागि पाकिस्तान छोडेँ । २३ वर्षको हुँदा पुन: यहीँ फर्किएँ ।  न्युयोर्कको बसाइँपछि म कराँची फर्किएँ । त्यसैबेलादेखि मैले टिण्डर प्रयोग गर्न थालेकाे हुँ । मैले परिवार साथीभाइको साथ छोडेर कराँचीमा एक्लै बस्न आएँ, जुन सजिलो कुरा थिएन । 

अमेरिकामा पनि सबै साथीहरु हाईस्कुलदेखिका थिए । मानिसहरुसँग भेटघाटका लागि पर्याप्त समय हुँदैन थियो । काम, पढाइ र नयाँ ठाउँमा सरिरहनु पर्ने बाध्यताले मैले एउटा स्थायी सामाजिक जीवन पाएकी थिइनँ । कहिलेकाहिँ म आफै फँसेको जस्तो महसुस गर्थेँ । 

जब डेटिङको कुरा आयो । यसलाई कसरी सुरु गर्ने भन्ने कुरा पनि मलाई थाहा थिएन । अमेरिकामा मैले कहिलेकाहिँ सामाजिक अन्तर्क्रिया गर्न पाएकी थिएँ । त्यहाँ मानिसहरुको शारीरिक हाउभाउ र छुवाछतबाट धेरै कुरा थाहा पाउन सकिन्थ्यो । तर पाकिस्तानमा महिलाले अञ्जानवश पुरुषलाई छुनु पनि हुँदैन भन्ने धारणा थियो । जोडाहरुले घरबाहिर हुँदा हात कहिल्यै पकड्दैन थिए । 

यो सब भन्नुको अर्थ यस किसिको समाजमा टिण्डर मात्र मेरो एउटा लाइफलाइन थियो । कुनै भद्दा वा निरीक्षण गरिएको अन्तरक्रियाभन्दा फरक टिण्डरको परिधिमा मैले एउटा सीमित सामाजिक जीवन बिताउन पाएकी थिएँ । मेरा भनाइहरु राख्न पाएकी थिएँ । हाम्रो डेट र भेटघाटअघि सेक्सुअल कम्प्याटिबिलिटीलाई मूल्याङ्कन गर्न पाएकी थिए । 

वास्तविक जीवनमा बोल्न नसकेका विषयहरु मैले टिण्डरमा उठाउन सकेकी थिएँ । उदाहरणका लागि पाकिस्तानका सैन्य प्रमुख पर्वेज मुर्सरूफ बारेमा युवा के सोच्छन्, उनीहरुलाई सोध्न पाएकी थिएँ । यदि उनीहरुको भनाइसँग सहमत भए भने भइगयो, अन्यथा मेरो राय दिन्थे । 

पाकिस्तानमा अझै पनि असमानता छ । पुरुषहरु अनुमतिबिना नग्न तस्विर र आक्रमक म्यासेज पठाउँछन् । महिलामाथि न्यूनस्तरको विचार राख्छन् । तर नयाँ मानिसहरुसँग भेट्ने त्यस एपभन्दा मेरो अन्य विकल्प थिएन । 

पाकिस्तानमा टिण्डरको विश्वभित्र हराउन थालेपछि मैले थाहा पाएँ, अधिकांश डेटिङ ‘एल्केमी र चान्सको समायोजनसँग’ गर्नुपर्छ । र टिण्डरले मेरो यो अवसरलाई धेरै हदसम्म सुधार गरिदियो । 

कराँचीको एउटा रेस्टरेन्टमा एउटा कफी मिटिङमा मैले त्यस व्यक्तिसँग राम्रो केमेस्ट्रीमा दुईवटा डेट बिताएँ । तर उसलाई पछि अर्कै मुलुकबाट जब अफर आयो । 

म निराश थिएँ । तर मलाई थाहा थियो, म अर्को डेटमा जानेछु भन्ने कुरा । कराँची जस्तो ठाउँमा आफ्नो अपेक्षा अनुसारको मान्छे मिल्न एकदमै कम सम्भावना हुन्छ ।

टिण्डर बाहेक अर्को माध्यमबाट मैले डेटका लागि उपयुक्त व्यक्ति पाउन सक्छु भनेर सोच्नु निकै अप्ठ्यारो थियो । आफ्नो लागि सम्भावित जोडा पाउने यो मेरो उपयुक्त स्थान थियो । जुन मैले दैनिक जीवनमा गर्न सकिरहेकी थिइनँ । 

म कुनै पनि व्यक्तिलाई नभेटेसम्म त्यसलाई एपको एउटा सीमित परिधिभित्र मात्रै राख्न मन पराउँछु । त्यसपछि मात्र मैले फोन नम्बर आदानप्रदान गरेर आफ्नो स्तरको प्रतिबद्धता जाहेर गर्छु ।

तर अब मैले मेरा सबै सम्भावित मानिसहरु गुमाएको छु । उनीहरुसँग नम्बर आदानप्रदान गर्नुअघि नै । जब एप पहिलोपटक ब्याण्ड भयो तब मैले विश्वासिलो भीपीएन ट्राइ गरे । यद्यपि त्यसले काम गर्न सकेन । 

पाकिस्तानमा अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्ने गैरानाफामूलक संस्था मिडिया म्याटर्स फर डेमोक्रेसीका प्रोग्राम म्यानेजर हिजा कामरानले मलाई भनेकी थिइन कि पीटीएको हरेक ब्लकको पछाडि पाकिस्तानले त्यसैमा दशवटा ‘ब्याडुअर’ तरिका खोज्ने गरेको छ ।

फोनमा कुरा भइरहँदा उनी हाँस्दै यसो भनिरहेकी थिइन् । उनले तब एउटा व्यङग्य पनि गरिन्,, ‘पकिस्तान विश्वको सबैभन्दा ठूलो प्रोनोग्राफी उपभोक्ता हो ।’ 

पोर्न लोड गर्ने हरेक वेबसाइटहरु यहाँ प्रतिबन्धित छन् । मानिसहरुले पुन: टिण्डर र टिकटक जस्ता एप प्रयोग गर्ने बाटाेहरु खोज्ने कुरा उनले मलाई बताइन् । हाम्रो कुराकानीको चारदिन पछि पीटीएले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको घोषणा गर्‍यो ।

तबसम्म टिकटकले पीटीएलाई अनैतिक भनि आशंका गरिएका अकाउन्टहरुमाथि निरीक्षण गर्न दिने सहमति गरिसकेको थियो । तर टिकटकको लागि टिण्डरको जस्ताे पाकिस्तानमा कुनै आवाज उठेन । अब यस किसिमको डेटिङ एपको पुनर्बहाली पाकिस्तानमा हुने नैतिक तथा धार्मिक हिसाबले कमै सम्भावना देखिन्छ ।

कमरानको अनुसार टिण्डरजस्ता एपले पाकिस्तानका कम साक्षर क्षमता भएका मानिसहरुलाई ‘सक’ दिएको हुनुपर्दछ । आफ्नो फोन नम्बर शेयर गरेका महिलाहरुले पीटीएमा आफूमाथि हिंसाको गुनासो दर्ता गरे होलान् भने पुरुषहरुले महिलाहरुको तस्वीर देखेको कुरामा गुनासो दर्ता गराए होलान् । 

मैले मेरो पहिलोदिनको डेटलाई सम्झना गरे । त्यो पल बिताएका सबै कुराहरु सम्झेँ । सरकारको निगारनीबिना अब यी सब कुरालाई फेरि प्राप्त गर्न कति गाह्रो छ भन्ने कुरा पनि मैले सम्झेँ । 

अनुपयुक्त सामग्रीहरुलाई हटाउने शर्तका साथ टिकटकजस्ता प्लेटफर्म त फिर्ता आयो । तर पीटीएको आँखामा नैतिकताको चेपुवामा परेको टिण्टर सधै ग्रे एरियामा पर्‍यो । 

पाकिस्तानले २०१२ मा युट्युवमाथि प्रतिबन्ध लगाएयता चिजहरुमाथि प्रतबिन्ध लगाउने हाम्रो स्वाभावलाई मैले बुझ्न थालेँ । टिण्डर प्रतिबन्धको असर एकदमै वास्तविक थियो, जसलाई एउटा भावना मारेर भरपाइ गर्न पर्‍यो । 

(कराँचीकी फ्रिल्यान्सर मारिया करिमजीको रेस्ट अफ वर्ल्डमा प्रकाशित ब्लग)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०