close

२०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा चल्ने छैनन् धेरै वेबसाइट

टेकपाना टेकपाना

कात्तिक २३, २०७७ १९:३८

२०२१ देखि एन्ड्रोइडका पुराना भर्सनमा चल्ने छैनन् धेरै वेबसाइट

काठमाडौं । आज हामी एचटीटीपीएस प्रयोग गरेर वेबमा आफ्नो जानकारी सुरक्षित रुपमा आदानप्रदान गर्न सक्छाैं ।

गुगलले २०१९ देखि एचटीटीपीलाई अगाडि नै ‘नट सिक्योर’ साइटको रुपमा देखाउन थालेको थियो । यदि तपाईंको डिभाइसमा राम्रोसँग शर्टिफिकेट इन्स्टल भएको छैन भने अब अर्को वर्षबाट तपाईंको पुरानो एन्ड्रोइड डिभाइसमा पनि धेरै वेबसाइट इनसिक्याेर भएर चल्न सक्ने छैनन् । 

लेट्स इन्क्रिप्ट विश्वको एउटा प्रमुख शर्टिफिकेट अथोरिटी हो । अहिले यो कम्पनीको शर्टिफिकेटलाई ३० प्रतिशत डोमेनहरुले प्रयोग गर्दछन् ।

जब यो ग्रुप पहिलो पटक स्थापना भएको थियो, तब उसले आफ्नो आइएसआरजी रुट एक्स वान रुट शर्टिफिकेटलाई सबै ब्राउजर र अपरेटिङ सिस्टममा प्रयोग थालेकाे थियो ।

आजसम्मका सबै किसिमका शर्टिफिकेट आइडेन ट्रस्टको डीएसटी रुट एक्स थ्री रुटसँग क्रस साइन हुँदै आइरहेको छ । जुन विण्डोज, म्याकओएस, एन्ड्रोइड र अन्य सफ्टवेयर प्लेटफर्ममा वर्षौंदेखि प्रयोग भइरहेको छ ।

लेट्स इन्क्रिप्टको आइडेन ट्रस्टसँगको साझेदारी २०२१ सेप्टेम्बर १ मा एक्सपायर हुँदैछ । अब लेट्स इन्क्रिप्टले अर्को क्रस साइनिङ एग्रिमेन्टमा नजाने योजना बनाएको छ ।

यसको अर्थ लेट्स इन्क्रिप्टको रुट शर्टिफिकेट बिना सबै ब्राउजर र अपरेटिङ सिस्टमले अब साइट र सर्भिसमा काम गर्न सक्दैन । यसबाट एन्ड्रोइड ७.१ र त्यसभन्दा तल्लो भर्सनका विण्डोज कम्प्युटरहरु प्रभावित हुनेछ । 

आगामी वर्षको सेप्टेम्बरसम्म यो एग्रिमेन्ट सकिने छैन । लेट्स इन्क्रिप्टले २०२१ को जनवरी ११ देखि बाइ डिफल्ट क्रस साइनिङलाई बन्द गरिदिनेछ । तर सेप्टेम्बरसम्म साइट तथा सर्भिसहरुले क्रस साइन सर्टिफिकेट निरन्तर जेनेरेट गर्न सक्नेछन् । 

अब यो समस्याबाट बच्न एन्ड्रोइड प्रयोगकर्ताहरुले फायरफक्स ब्राउजर इन्स्टल गर्न सक्छन् । जसले आफ्नै सर्टिफिकेट स्टोरु प्रयोग गर्दछ, जसमा आइएसआरजी रुट पनि छ । तर यसले एप्लिकेसन वा अन्य फङसनलाई ब्राउजरबाहिर ब्रेकिङ हुनबाट जोगाउन सक्दैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०