close

एन्ड्रोइडमा प्रयोग भएको डिफल्ट गुगल अकाउन्टलाई यसरी गर्नुहोस परिवर्तन

टेकपाना टेकपाना

कात्तिक २४, २०७७ १५:२८

एन्ड्रोइडमा प्रयोग भएको डिफल्ट गुगल अकाउन्टलाई यसरी गर्नुहोस परिवर्तन

काठमाडौं । यदि तपाईंले एन्ड्रोइड फोन तथा ट्याब्लेट प्रयोग गर्नुहुन्छ भने तपाईंले पक्कै पनि गुगल अकाउन्ट र एन्ड्रोइडसँगको सम्बन्ध बुझ्नुभएको छ । एन्ड्रोइडमा हुने हरेक कुरा गुगल अकाउन्टसँग हुने भएकाले पनि यो अनिवार्य नै छ ।

सामान्यतया: हामीलाई यो थाहा छ कि मोबाइल तथा ट्याब्लेटमा एकभन्दा बढी ईमेल एड गर्न सकिन्छ । तर, डिफल्ट अकाउन्टको विषयमा कुरा गर्दा जुन अकाउन्ट हामी सुरुमा डिभाइस सेटअप गर्दा प्रयोग गर्छाैं, त्यही नै डिफल्ट अकाउन्टको रुपमा बसेको हुन्छ ।

उक्त अकाउन्टमै फोन कन्ट्याक्ट, गुगल फोटाे लगायतका फाइलहरुको ब्याकअप तयार भएर बसेको हुन्छ । उक्त अकाउन्टलाई डिफल्टबाट हटाउने विकल्प भनेको त्यसलाई साइन आउट गर्नु नै हो ।

उक्त अकाउन्टलाई साइन आउट गरेसँगै तपाईंको अर्को गुगल अकाउन्ट स्वतः डिफल्ट अकाउन्टको रुपमा रहनेछ । तपाईंले चाहको अकाउन्ट डिफल्ट भएसँगै त्यसपश्चात तपाईंले पुनः उक्त अकाउन्टलाई गुगलमा एड गर्न सक्नुहुनेछ ।

तर, त्यसका लागि कसरी पुरानो गुगल अकाउन्टलाई बन्द गर्ने भन्ने विषयमा यहाँ हामी तपाईंलाई जानकारी दिँदैछौं । त्यसका लागि तपाईंले सुरुमा एन्ड्रोइड स्मार्टफोन तथा ट्याब्लेटमा रहेको ‘गीयर’ आकारको ‘सेटिङ’ अप्सनमा क्लिक गर्नुहोस् ।

सेटिङमा गएसँगै सेटिङ लिस्टमा केही तल रहेको ‘गुगल’ मा क्लिक गर्नुहोस् ।

select google from settings

त्यहाँ क्लिक गर्दा तपाईंको डिफल्ट गुगल अकाउन्ट स्क्रिनको सबैभन्दा सुरुमा देख्नुहुनेछ । उक्त अकाउन्टको साइडमा तपाईंले तलतिर फर्किएको ‘ड्रप–डाउन’ एरो देख्नुहुनेछ ।

उक्त एरोमा क्लिक गर्दा त्यहाँ तपाईंले एड गर्नुभएको अन्य ईमेल एड्रेस समेत देखिनेछन् । साथै त्यसको सबैभन्दा तल ‘एड अनोदर अकाउन्ट’ र ‘म्यानेज अकाउन्ट अन दिस डिभाइस’ भन्ने अप्सन देखिन्छ । त्यसमध्ये दोस्रो अप्सन ‘म्यानेज अकाउन्ट अन दिस डिभाइस’ मा ट्याप गर्नुहोस् ।

त्यसमा ट्याप गर्दा त्यहाँ पुन: तपाईंले लगइन गर्नुभएका सबै गुगल अकाउन्ट देखिनेछ । त्यसमध्ये तपाईंको डिफल्ट अकाउन्ट छनोट गर्नुहोस् । उक्त अकाउन्टलाई छनोट गरेसँगै त्यहाँ तपाईंले ‘रिमुभ अकाउन्ट’ भन्ने अप्सन प्राप्त गर्नुहुनेछ ।

तर, कतिपय डिभाइसको हकमा भने जब तपाईंले डिफल्ट गुगल अकाउन्टलाई सेलेक्ट गर्नुहुनेछ त्यसको तल मोर भन्ने ‘मेन्यु बार’ देखा पर्नेछ ।

उक्त मेन्युमा क्लिक गर्दा तपाईंले ‘रिमुभ अकाउन्ट’ भन्ने अप्सन प्राप्त गर्नुहुनेछ । उक्त अप्सनमा क्लिक गरी तपाईंले अकाउन्ट रिमुभ गर्नुपर्ने हुन्छ ।


तर, अकाउन्ट रिमुभ गर्नुपूर्व तपाईंले उक्त अकाउन्टमा भएको डेटालाई भने ब्याकअप गर्नुपर्ने हुन्छ । किनभने, तपाईंले त्यसरी अकाउन्ट हटाउँदा उक्त अकाउन्टमा रहेका म्यासेज, कन्ट्याक्ट नम्बर लगायतका डेटा सबै डिलिट हुनेछन् ।

कतिपय हकमा जब तपाईंले उक्त ईमेल पुनः लगइन गर्नुहुन्छ, त्यस्तो अवस्थामा डेटा ब्याक हुन सक्ने सम्भावना त रहन्छ तर, तपाईंले त्यसलाई ब्याकअप गरेर राख्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०