close

फ्रन्ट क्यामेरा छेउमा र रियर क्यामेरा बीचमा भएको फोन ल्याउँदै लेनोभो

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ ७:३३

फ्रन्ट क्यामेरा छेउमा र रियर क्यामेरा बीचमा भएको फोन ल्याउँदै लेनोभो

काठमाडौं । चिनियाँ कम्पनी लेनोभोले अलिक फरक प्रकारको स्मार्टफोन सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले ‘लेनोभो लिजन फोन डुअल’ नामक स्मार्टफोन ल्याउने भएको हो ।

यो स्मार्टफोन खासगरी गेमिङ प्रयोगकर्ताका लागि तयार पारिएको छ । फोनको खास विशेषता भनेकै यसमा फ्रन्ट क्यामेरा फोनको साइडमा हुनेछ ।

सँगसँगै रियर क्यामेरा फोनको बीच भागमा रहनेछ । यो स्मार्टफोन कम्पनीको वेबसाइटमा लिस्टिङ समेत भइसकेको छ ।

फोनमा हुनेछ शक्तिशाली प्रोसेसर

लेनोभो लिजनमा क्वालकम स्नापड्रागन ८६५ प्लस प्रोसेसर हुनेछ । साथै यसको डिस्प्लेको रिफ्रेश रेट १४४ हर्ज हुन सक्ने अनुमान गरिएको छ ।

यतिधेरै शक्तिशाली प्रोसेसर तथा डिस्प्लेका कारण यो फोनले गेमिङको आनन्दलाई कयौं गुणा बढाउने अपेक्षा गरिएको छ । कम्पनीको तर्फबाट भने यो फोन सार्वजनिक गर्ने विषयमा हालसम्म कुनै प्रस्ट जानकारी आएको छैन ।

यद्यपी अफिसियल वेबसाइटमा लिस्टिङ भएसँगै यो फोन चाँडै सार्वजनिक हुने आशा गर्न सकिन्छ ।

यस्तो हुनेछ फिचर

यसमा ६.६५ इञ्चको फुल एचडी प्लस एमोलेड डिस्प्ले रहनेछ । जसको स्क्रिन रेजोलुसन १०८० बाई २३४० पिक्सेल हुनेछ ।

फोन १६ जीबी एलपीडीडीआर फाइभ र्‍याम तथा २५६/५१२ जीबी स्टोरेजको अनबोर्ड यूएफएस ३.१ स्टोरेज भेरिन्टमा बजारमा आउने बताइएको छ । यसमा २५०० एमएएच क्षमताका दुई वटा ब्याट्री हुनेछन् ।

समग्रमा यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री हुनेछ । जुन ९० वाट टर्बो पावर चार्जिङलाई सपोर्ट गर्ने किसिमको हुने बताइएको छ ।

फोनको मुख्य विशेषता भनेकै यसमा रहेको क्यामेरा नै हो । फोनमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामेरा सेन्सर हुनेछ । यसको सेकेन्डरी क्यामेरा १६ मेगापिक्सेलको हुनेछ ।

फोनमा साइडबाट निस्किने २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ । यो स्मार्टफोनले फाइभजी तथा फोरजी एलटीई कनेक्टिभिटीलाई सपोर्ट गर्नेछ ।

वाईफाई सिक्स, ब्लुटुथ ५.०, दुई वटा यूएसबी टाइप सी पोर्टको अप्सन समेत फोनमा पाउन सकिनेछ । फोनमा डिस्प्लेभित्रै फिंगरप्रिन्ट रहनेछ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०