close

एआईसँग डराउनु पर्दैन, यसले दिँदैछ लाखौंलाई रोजगारी

टेकपाना टेकपाना

कात्तिक २७, २०७७ १८:३०

एआईसँग डराउनु पर्दैन, यसले दिँदैछ लाखौंलाई रोजगारी

काठमाडौं । कोभिड १९ को महामारी विश्वका लागि एउटा अवसर पनि बन्यो । अत्याधुनिक प्रविधिहरुको आविष्कार बढेर गए भने हाम्रा दैनिक कार्यमा अटोमेसनको सुविधा थप भयो ।

विश्वले कन्ट्याक्टलेस क्यासियरदेखि रोबट डेलिभरी प्याकेज जस्ता नयाँ कुराहरुको अनुभव गर्न पाएकाे छ । यसबीच आर्टिफिसियल इन्टेलिजेन्सले व्यापक अटोमेसन ल्याएर आगामी दशकमा श्रम बजारमा संकट पैदा गर्ने त्रास यत्रतत्र छ । 

केही दशकअघि इन्टरनेटको प्रारम्भिक चरणमा पनि मानिसहरुमा यस्तै प्रकारको भय थियो । तर त्यस्ता आशंका र डरलाई चिर्दै प्रविधिले लाखौं, करोडौं रोजगारी सिर्जना गर्‍यो र अहिले यसले अमेरिकी जीडीपीको १० प्रतिशतमा कब्जा गरेको छ ।

आजको समयमा एआईले अमेरिका मात्रै हाेइन, विश्व अर्थतन्त्रमा समेत थप ठूलो वृद्धि ल्याउने देखिन्छ । विभिन्न कम्पनीका ६३ प्रतिशत सीईओहरुले एआईको असर इन्टरनेटको भन्दा व्यापक हुने विश्वास गरेकाे पीडब्ल्युसीको वार्षिक ग्लोबल सीईओ सर्वेक्षणमा देखिएको थियो । 

एआईबाट सञ्चालित चौंथो औद्याेगिक क्रान्ति प्रविधिले हाम्रो विश्वलाई आधारभूत रुपमा परिवर्तन गरिदिएको छ । यसले हाम्रो काम गर्ने तरिका र जीवनशैलीलाई नै परिवर्तन गरिदिएको छ । एआईले विश्वसलाई व्यापक बेरोजगारीमा धकेल्दैन । त्यसको सट्टा एआईले स्वचालनभन्दा धेरै रोजगारी सिर्जना गरिदिन्छ । 

तर एआईले सिर्जना गर्ने नयाँ रोजगारीका लागि नयाँ सीपको आोश्यकता पर्दछ । मानिसहरुलाई नयाँ सीप प्रदान गर्न पनि उल्लेखनीय मात्रामा लगानीको आवश्यकता पर्दछ । यसका लागि व्यवसायिक गृह तथा सरकारले यो कमीलाई पुरा गर्न मद्दत गरी एआईको सकरात्मक सामाजिक लाभलाई अंगाल्नु पर्दछ । 

 एआई तथा रोजगारी वृद्धि 

आगामी २०३० सम्म एआईले ग्लोबल जीडीपीमा १५७ खर्ब डलर वा २६ प्रतिशत वृद्धि ल्याउने पीडब्ल्युसीको ग्लोबल आर्टिफिसियल इन्टेलिजेन्स अध्ययनले देखाएको छ । जुन हालको चीन र भारतको संयुक्त जीडीपीभन्दा पनि ठूलो छ ।

उत्पादकत्व वृद्धिले यो जीडीपी वृद्धिमा ४० प्रतिशत योगदान गर्छ भने उपभोगमा आउने वृद्धिले ६० प्रतिशत योगदान दिन्छ । 

पीडब्ल्युसी एआई अध्ययनले देखाए अनुसार जब एआईले कुनै कामलाई अटोमेट गर्छ, तब अटोमेसनका कारण असान्दर्भिक बनेका कुनै श्रम दीर्घकालमा गएर विस्थापन हुन्छ । जसलाई नयाँ रोजगारीले विस्थापन गरिदिन्छ । यसबाहेक उक्त अध्ययनले अटोमेसनका कारण प्राविधिक क्षेत्रमा कुनै पनि बेरोजगारी उत्पन्न नहुने देखाएको छ । 

वर्ल्ड इकोनोमिक फोरमले आफ्नो प्रतिवेदन ‘फ्युचर अफ जब्स रिपोर्ट २०२०’ मा आगामी २०२५ सम्म २६ मुलुकभर आठ करोड ५० लाख जागिर विस्थापन हुने र नाै करोड ७० लाख नयाँ जागिर सिर्जना हुने आँकलन गरेको छ । 

एआईले विभिन्न किसिमका दैनिक तथा जोखिमपूर्ण काम जस्तै डेटा इन्ट्री र एसेम्ब्ली लाइन मेनुफ्याक्चरिङ जस्ता प्रविधिले परम्परागत काम गर्ने तरिकालाई परिवर्तन गरिदिएको छ । यसले कामदारलाई अन्तरक्रियात्मक, उच्च मूल्य तथा उच्च स्तरको काममा केन्द्रित हुने अवसर दिएको छ । 

यस किसिमका नयाँ सिर्जना भएका रोजगारीले दुवै व्यक्ति तथा व्यवसायिक गृहहरुलाई फाइदा पुर्‍याउँछ । उनीहरुलाई थप सृजनात्मक, रणनीतिक तथा उद्यमी हुने मौका प्रदान गर्दछ । 

एआईको प्रभाव तथा फाइदा समानान्तर रुपमा बाँडफाँड हुने कमै सम्भावना देखिन्छ । तर व्यवसायिक गृह तथा सरकारले एक साथ जुटेर धेरैभन्दा धेरै मानिसहरु यसबाट लाभान्वित हुने र डिजिटल डिभाइड कम भएर जाने कुराको सुनिश्चित तथा तयारी गर्नु पर्दछ । 

रिस्किलिङ’ र ‘अपस्किलिङ

एआ’को उत्पादकत्व तथा उपयाेगिताको लाभलाई अंगाल्न सरकार तथा व्यवसायिक गृहहरुले व्यापक सिप सिकाइ तथा क्षमता अभिवृद्धिका लागि सहकार्य गर्नुपर्छ । ताकि श्रमशक्तिले आफ्नो निर्दिष्ट क्षेत्रको श्रमज्ञान हासिल गरेर नयाँ सृजित कामका लागि तयार रहन सकुन् । 

आगामी केही वर्षमा ३ प्रतिशत रोजगारहरु एआईबाट अटोमेटेड हुने पीडब्ल्युसीको अध्ययन प्रतिवेदन ‘डु रोबोट रियल्ली स्टील आवर जब्स’ मा उल्लेख गरिएकाे छ ।

अझ कोभिड १९ कारण बढेको डिजिटाइजेसनले यो ट्रेण्डलाई थप गति प्रदान गर्नेछ । २०३० को मध्यसम्म एआई थप अत्याधुनिक तथा स्वायत्त बन्छ तब ३० प्रतिशत रोजगार तथा न्यून स्तरको शैक्षिक ज्ञान भएका ४४ प्रतिशत मानिसहरु अटोमेसनको चेपुवामा पर्नेछन् । 

आगामी पाँच वर्षमा विश्वभरका आधा श्रमिकहरुलाई परिवर्तित श्रम बजारमा सान्दर्भिक बन्न प्रशिक्षणको खाँचो पर्ने वर्ल्ड इकोनोमिक फोरमले देखाएको छ । प्रविधिमा भइरहेको तीव्र परिवर्तनसँग सुहाउन प्रशिक्षण पनि नयाँ मोडलको हुन खाँचो छ ।

जसले श्रमिकहरुलाई एआई आधारित भविष्यका लागि तयार बनाएर राख्न सकोस् । रोजगारदाता कम्पनीले यस किसिमका अपस्किलिङ र रिस्किलिङलाई संगठनको भविष्यमाथिको लगानी रुपमा हेर्नुपर्छ, नकि खर्चका रूपमा । 

कम्पनीहरुले सरकार, शैक्षिक संस्था, अपस्किलिङ तथा रिस्किलिङको धेरै क्षेत्रमा काम गर्दै आइरहेका गैर नाफामुलक संस्थासँग सहकार्य गर्नुपर्दछ । यस किसिमको प्रशिक्षण तथा सीपमुखी तालिमले श्रमिक र रोजगारदातालाई मात्र होइन अर्थतन्त्र र समाजलाई पनि फाइदा पुर्‍याउँछ । 

विश्वभरका युवाहरु आज सीप अभावबाट पिडित छन् ।  जेनेरेसन युनाइटेड एउटा यस्तै संस्था हो विश्वभरका विद्यालयबाट भर्खरै पढाई सकेर काम गर्न चाहने १ अर्ब ८० करोड युवाहरुका लागि आगामी २०३० सम्म सहयोग गर्ने लक्ष्य लिएको थियो ।

संस्थाको यो अभियानमा सहयोग गर्न पीडब्ल्युसीले युनिसेफ र वर्ल्ड इकोनोमिक फोरसँग मिलेर काम गरिरहेको छ । 

यसैकारण युवाहरुको श्रमज्ञानमा लगानी गर्न पनि एकदमै महत्वपूर्ण छ । पीडब्ल्युसीको ‘नयाँ विश्व, नयाँ सीप’ नामक कार्यक्रमले विभिन्न कम्पनीका कर्मचारीहरुलाई सीप सिकाउने कार्यक्रम सुरु गरिसकेको छ । 

गत जनवरीमा  वर्ल्ड इकोनोमिक फोरमले रिस्किलिङ रिभोल्युसन सार्वजनिक गरेको थियो । यो एउटा सार्वजनिक तथा निजी सहकार्यको अभियान थियो, जसलाई सरकार तथा व्यवसायिक गृहहरुको प्रयासलाई थप आक्रमक बनाउन तथा असल अभ्यास साझा गर्न प्ररित गर्न डिजाइन गरिएको थियो ।

उक्त अभियानले २०३० सम्म एक अर्ब भावी श्रमशक्ति तयार गर्ने लक्ष्य लिएको थियो । एआई र हाम्रो श्रम भविष्यलाई लिएर धेरै डराउँछन् । तर वास्तवमा एआईको असल प्रभावले यसको दुष्परिणामलाई कमजोर बनाइदिएको छ ।

तर एआईको लाभदायक भविष्यलाई अँगाल्नका लागि हामीले आजैबाट उच्चस्तर तथा सर्वपक्षीय शिक्षामा लगानी गरेर श्रमशक्तिको सीपलाई बढाउन आवश्यक छ । 

(वर्ल्ड इकाेनाेमिक फाेरममा प्रकाशित)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०