close

चीनमा यसरी लोकप्रिय भइरहेको छ क्यूआर कोड प्रविधि

टेकपाना टेकपाना

कात्तिक २९, २०७७ १३:०

चीनमा यसरी लोकप्रिय भइरहेको छ क्यूआर कोड प्रविधि

काठमाडाैं । विश्वका धेरै भागहरुमा क्यूआर कोड (अर्थात् क्विक रेस्पाेन्स काेड) को प्रयोग फस्टाइरहे पनि अमेरिका तथा युरोप जस्ता पश्चिमा मुलुकहरुमा भने खासै सफल देखिँदैन । पश्चिमा जगतका प्रयोगकर्ताहरु क्यूआर कोड रिडर डाउनलोड तथा इन्स्टल गर्ने अभ्यस्त छैनन् ।

गुगलबाट भ्वाइस सर्च उनीहरुका लागि सजिलो माध्यम हो । तर चीन, जापान र दक्षिणपूर्वी एशियाली मुलुकहरुमा भने दृश्य फरक छ । हातमा क्यास बोकेर हिँड्नुका सट्टा उनीहरु मोबाइल पेमेन्टलाई सजिलो र विश्वासिलो माध्यम ठान्न थालेका छन् ।

उपभोक्ताहरु मर्चेन्ट कोडलाई स्क्यान गर्छन् र बिजनेसलाई आफ्नो कोड स्क्यान गर्ने अनुमति दिन्छन् । चीनमा ठूला खुद्रादेखि सडक किनाराका भेण्डरसम्मले क्यूआर कोडको प्रयोग गर्छन् ।

मोबाइल वालेटबाट पैसा काटिन्छ र त्यो निर्दिष्ट ठाउँमा पुग्छ । क्यास वा कार्ड निकाल्ने कुनै झन्झट नै हुँदैन । खर्च गर्ने मानिसहरुका लागि यो भन्दा अर्को राम्रो उपाय के होला र ? 

चीनको डिजिटल पूर्वाधार पनि मोबाइल पेमेन्टलाई सपोर्ट गर्ने तरिकाले बनेको छ । ईयू तथा अमेरिकीहरु भर्खरै मात्र यो प्रविधिको फाइदालाई मूल्याङ्कन गर्दै सान्दर्भिक प्रविधिको सुधारका लागि प्रयास गरिरहेका छन् ।

चीनमा धेरै प्रयोग हुने टेन्सेन्टको वीच्याट पे र अलीपेको अलीबाबा मोबाइल पेमेन्ट एपहरु हुन् । उनीहरु कमर्श, बैंकिङ र सोसल मिडियालाई जोड्न खटिरहेका छन् ।

क्यूआर कोड र सोसल मिडिया 

वीच्याट वास्तवमा एउटा मार्केटिङ प्लेटफर्म हो जसले सोसल मिडिया सेवा पनि प्रदान गर्दछ । जहाँ हामी ब्लग, समाचार शेयर गर्ने तथा कुराकानी गर्ने जस्ता कामहरु गर्न सक्छौं ।

यस किसिमको एपहरुमध्ये यो विश्वको पाँचौं लोकप्रिय तथा ठूलो नेटवर्क हो । यसको मुख्य पेजमा धेरै अप्सनहरु छन्, जसमा क्यूआर कोड स्क्यान गर्न, नयाँ कन्ट्याक्ट एड गर्न तथा वीच्याट वालेटबाट गरिएका खरिदारीको भुक्तानी गर्ने सुविधाहरु रहेका छन् । 

आफ्नो व्यापक पहुँचका कारण वीच्याटले विभिन्न ब्राण्डका लागि मार्केटिङ अपिलमा पनि आफ्नो सेवालाई केन्द्रित गराएको छ । विज्ञापनदाता, टेक कम्पनी तथा सेलिब्रेटीहरु पनि क्यूआर कोड ओरेन्टेड प्लेटफर्मको फाइदा उठाउँदै अनलाइन तथा अफलाइन रिटेलमा प्रयोग हुन सक्ने किसिमका कुपनहरु अफर गरिरहेका हुन्छन् ।

सोसल मिडिया शेयरिङ तथा अन्तरक्रियाको उदेश्यलाई पूर्ति गर्दै अहिले यो र यस्ता प्लेटफर्म अवसर र अन्वेषणको विकाशील थलो बन्दै गइरहेको छ । 

वीच्याट जस्तै अर्को ठूलो सोसल मिडिया प्लेटफर्म वाइबोले पनि यस्तै गतिविधि गर्दै आइरहेको छ । सूचना तथा पठनीय सामग्री फर्म्याटमा रुचि राख्ने साना शहरका युवाहरुलाई यसले आकर्षित गर्दछ ।

यस्ता साइटले बिजनेस हाउसहरुलाई आफ्नो ब्राण्ड अवेरनेस कायम गरेर नयाँ नयाँ अभियान लन्च गर्न अवसर प्रदान गर्छ । वाइबोले एड रेभिन्यू बढाउन क्यूआर कोड प्रयोग गरेर क्रिएटिभ मार्केटिङ टेक्निक विकास गरेको छ । 

ब्राण्ड सार्वजनिक गर्न ०२० मार्केटिङको प्रयोग 

चीनको मोबाइल कमर्श उद्योगले विश्वभर छरिएर रहेका फवार्ड थिङ्कर तथा अन्वेषकहरुका लागि एउटा आकर्षक अवसर ल्याएको छ । चीनका ९८ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरु मोबाइल डिभाइसबाट एकअर्कासँग जोडिएका छन् ।

यसैले एउटा सफल स्टार्टअप ब्राण्डको सुनौलो सम्भावना देखिन्छ । यसको अर्थ चिनियाँ उपभोक्ताहरुले अफलाइन सपिङलाई त्यागिसके भन्ने होइन । यसको अर्थ भनेको ०२० मार्केटिङ टेक्निक प्रयोग गरेर अनलाइन तथा अफलाइन रणनीति एकठाउँमा आउनु भनेको स्मार्ट च्वाइज हो । 

०२० मार्केटिङ भनेको उपभोक्ताहरुलाई संलग्न गराएर उनीहरुको स्वाभाव र ट्रेण्डको बारेमा मूल्यवान इन्साइट प्राप्त गर्नु हो ।

क्यूआर कोडको व्यापक स्वीकार्यता र वीच्याट र वाइबो जस्ता सोसल मिडिया प्लेटफर्महरुको ठूलो प्रभावका कारण उनीहरुले बिजनेस हाउसहरुलाई प्रोडक्ट सोकेस तथा उपभोक्ताको आत्मविश्वास निर्माणका लागि धेरै संसाधान उपलब्ध गराउन सक्छन् । साथै उनीहरुको ब्राण्डलाई प्रवर्द्धन तथा बिक्री बढाउन मल्टिफेसेट इन्सेन्टिभ्स पनि प्रदान गर्न सक्छन् । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०