close

दराज ११.११ मा पहिलो घण्टाकै बिक्री २ करोड २२ लाख रुपैयाँ

टेकपाना टेकपाना

कात्तिक ३०, २०७७ १७:२९

दराज ११.११ मा पहिलो घण्टाकै बिक्री २ करोड २२ लाख रुपैयाँ

काठमाडौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले कोभिड १९ को बावजूद ११.११ का सबै पछिल्ला रेकर्डहरू तोड्न सफल भएको बताएको छ। ११.११ सुरू भएको पहिलो घण्टाभित्र दराजले दुई करोड २२ लाखको बिक्री दर्ता गरेको थियो । जुन गत वर्षको भन्दा ६० प्रतिशत बढी हो ।

११.११ को सेल अवधिमा दराजमा ५ लाख २० हजार प्रयोगकर्ताको उपस्थिति रहेको बताइएको छ । जसबाट ७००० भन्दा बढी बिक्रेताहरूले २८ विभिन्न सहरहरूमा आफ्नो व्यापार गर्न सफल भएका थिए ।

वालेट र कार्डमार्फत गरिने अनलाइन भुक्तानीमा पनि गत वर्षभन्दा उल्लेखेनिय वृद्धि भएको दराजले जनाएको छ । ११.११ सेल अवधिभर ४५ प्रतिशत अनलाइन भुक्तानी भएको बताइएको छ ।

यस पटकको सेलमा पोको सी वान र एम टु फोन सुरुको पहिलो घण्टाभित्रै बिक्री भएका थिए । बजारमा महामारीको कारण व्यापार व्यवसाय घटेको बेला ११.११ ले केही  व्यवसायहरूलाई राहत दिएको छ ।

विशेष गरी साना तथा मझौला आकारका उद्यमहरूले कुल व्यापार संख्याको २० प्रतिशत बिक्री गर्न सफल भए । यी एसएमईहरु दराजको सहयात्री कार्यक्रम द्वारा दर्ता भएका थिए । जुन कार्यक्रम विशेष गरी महामारीको बखत एसएमईहरुलाई सहयोग गर्ने उद्देश्यका साथ दराजले अगाडि बढाएको थियो ।

यस वर्षको ११.११ मा गत दुई वर्षभन्दा बढी प्रयोगकर्ता तथा बिक्रेता सहभागी हुनुका साथै बिक्री समेत बढेको थियो । जसमा पहिलो डेलिभरी ११.११ कै दिन ८ बजे भएको थियो। कम्पनीले अर्डर समयमै पुर्‍याउनका लागि ७००० थप डेलिभरीकर्मीहरू थपेको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०