close

स्मार्टफोनको ब्याट्री बिग्रिन नदिन थाहा पाइराख्नुहोस् यी ७ टिप्स

टेकपाना टेकपाना

मंसिर १, २०७७ १२:२५

स्मार्टफोनको ब्याट्री बिग्रिन नदिन थाहा पाइराख्नुहोस् यी ७ टिप्स

काठमाडौं । मोबाइलमा आउने समस्याहरुमा एउटा प्रमूख समस्या हो, ब्याट्री । मोबाइलको ब्याट्री  प्रविधि वर्षेनी सुधार हुँदै गइरहेको छ ।

यद्यपी यसमा अझै पनि धेरै समस्याहरु छन् । तपाईंले ब्याट्री फुल्ने गरेको देख्नु भएकै होला । यो पनि ब्याट्रीको एउटा आम समस्या हो ।

वास्तवमा यी कुराहरुले ब्याट्रीको स्वास्थ्य अवस्थाको पनि संकेत दिन्छ, जसलाई हामीले कहिल्यै पनि बेवास्ता गर्नुहुन्न । ब्याट्री बिस्फोट हुन सक्छ । यस किसिमको जोखिमलाई लिएर हामी सधैं सचेत बस्नु पर्ने हुन्छ ।

लिथियम ब्याट्री-यसो नगर्नुहोस् 

अधिकांश मोबाइलहरुमा लिथियम ब्याट्रीहरु प्रयोग भएका हुन्छन् । यस्ता ब्याट्रीको आफ्नै किसिमका फाइदाहरु छन् ।

यसमा ठूलो स्टोरेज क्षमता, हाई इफिसेन्सी र पुनः प्रयोगको सम्भावना हुन्छ । तर यसको सुरक्षालाई लिएर मानिसहरुमा एक किसिमको त्रास व्याप्त छ । 

१. धेरै माथिबाट फोन नखसाल्नुहोस् 

यदि तपाईं आफ्नो फोनलाई हेलचेक्र्याई ढंगले चलाउँदै हुनुहुन्छ र बारम्बार माथिबाट खसाल्दै हुनुहुन्छ भने सबैभन्दा पहिले त यसले तपाईंको फोनको देखिने बाहिरी पाटो अर्थात स्क्रिनलाई बिगार्छ ।

तर भित्रभित्रै यसले तपाईंको ब्याट्रीमा समेत क्षति पुर्‍याइरहेको हुन्छ । लिथियम आयन ब्याट्रीहरु स्वभावैले पनि एकदमै धेरै तात्ने गर्छन् । साथै यस्ता ब्याट्रीहरुको विस्फोट हुने खतरा पनि उत्तिकै हुन्छ ।

२. हाई चार्जिङ करेन्ट प्रयोग नगर्नुहोस्

कहिले काँही तपाईं आफ्नो डिभाइस ओभर भोल्टेज र अस्वभाविक करेन्ट फ्लोमा चार्ज गर्नुहुन्छ । यसले तपाईंको ब्याट्रीलाई एकदमै जोखिमपूर्ण अवस्थामा पुर्‍याउँछ ।

लिथियम ब्याट्रीको चार्जिङ र डिसचार्जिङ वास्तवमा रसायनिक प्रतिक्रिया मात्र हो । चार्ज गरिरहँदा पोजेटीभ इलेक्ट्रोडको लिथियम एटोमले इलेक्ट्रोन लुज गर्छ र त्यो नेगेटिभ बन्छ । 

ब्याट्री डिस्चार्ज हुँदा यहि प्रक्रियाले उल्टो मोड लिन्छ । जब करेन्ट उच्च हुन्छ, तब चार्ज भइरहेको ब्याट्रीमा यो प्रक्रिया पनि तीव्र गतिमा भइरहेको हुन्छ । यसले आन्तरिक डिस्टर्बेन्स निम्त्याउँछ र स्मार्टफोनको ब्याट्रीलाई बिगार्दछ । 

३. ब्याट्रीलाई लगातार ओभर चार्ज नगर्नुहोस् 

राति सुत्ने समयमा हामी सामान्यतया फोनलाई चार्जमा छोडेर जाने गर्छौं । यसले ब्याट्रीलाई लगातार ओभर चार्ज गर्दछ । यसले ब्याट्रीमा आन्तरिक दबाव बढाएर त्यो फुल्न थाल्छ ।

जब यस्तो समस्या देखिन थाल्छ, तब ब्याट्रीले सुरुवातमा जस्तै इफिसेन्सी प्रदान गर्दैन र यो कम टिकाउ हुन्छ । हाल आइरहेका नयाँ मोबाइलहरुले ब्याट्री फूल भएको अवस्थामा करेन्टलाई रोक्ने प्रविधि पनि बिकास गरेका छन् । 

४. डुब्लिकेट तथा न्यून गुणस्तरका चार्जर प्रयोग नगर्नुहोस् 

डुब्लिकेट तथा न्युन गुणस्तरका चार्जरहरुले तपाईंको ब्याट्रीलाई आवश्यक पर्ने करेन्ट र भोल्टेज प्रदान गर्न सक्दैन । जसले गर्दा फोन ओभर चार्ज हुने र ब्याट्री चाँडै पुरानो हुने समस्या देखिन थाल्छ । 

५. उच्च तापमानमा फोनलाई लगातार चार्ज नगर्नुहोस् 

लिथियम ब्याट्री चार्ज गर्ने उपयुक्त तापमान भनेको २५ डिग्री सेल्सियससम्म हो । गर्मी समयमा वा बाहिरी वातावरण र चार्जरबाट आउने तापमानले ब्याट्री फुल्न थाल्छ र यसले ब्याट्रीको आयूलाई प्रभावित पार्दछ ।  

६. फोनलाई प्रयोग नगरी लामो समय यत्तिकै नराख्नुहोस् 

फोन निर्माता कम्पनीहरु फोनलाई नियमित करिब ५० प्रतिशत जति चार्ज गर्न सुझाव दिन्छन् । यसले फोनको ब्याट्री र आयूलाई कायम राख्न मद्दत गर्दछ ।

ब्याट्री लिथियम पोलिमरले बनेको हुँदा यसलाई लामो समयसम्म प्रयोग नगरी राख्दा यसले आन्तरिक परिवर्तनहरु ल्याउँदछ । जसले ब्याट्री फुल्ने र आफ्नो क्षमता गुमाउने जस्ता समस्या पनि निम्त्याउन सक्छ । 

यसबाहेक आफ्नो ब्याट्रीलाई कहिल्यै पनि तिखो वस्तुले नघोच्नुहोस् । यसलाई ६० डिग्री सेल्सियसभन्दा माथि नराख्नुहोस् । ब्याट्रीलाई जलाउने र कुच्याउने जस्ता काम गर्नुहुन्न । 

फास्ट चार्जिङले ब्याट्री बिगार्छ

कतिपय मानिसहरु अहिलेका फास्ट चार्जरले मोबाइल बिगार्ने बताउँछन् । उनीहरुको चिन्ता जायज हो । तपाईको ब्याट्रीलाई आवश्यकभन्दा बढी भोल्टेज र करेन्ट प्रवाह भयो भने यसमा नकरात्मक असर पर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०