close

यस्ता छन् गुगल सर्च इन्जिनका सुरक्षित ६ विकल्प

टेकपाना टेकपाना

मंसिर १, २०७७ २०:३०

यस्ता छन् गुगल सर्च इन्जिनका सुरक्षित ६ विकल्प

काठमाडौं । केही कुरा सर्च गर्नु पर्‍यो भने हामीमध्ये अधिकांशले गुगलको प्रयोग गर्छौं । किनभने हाम्रो क्रोम तथा हाम्रो मोबाइलमा डिफल्ट एपको रुपमा रहँने हुँदा पनि यसको प्रयोग धेरै भएको हो । 

तर के तपाईंलाई थाहा छ, गुगल सर्च एउटा गोपनीयतामैत्री सर्च इंजिन भने होइन । किनभने यसले तपाईंका प्रत्येक अनलाइन गतिविधिलाई रेकर्ड गरेर राख्दछ ।

गुगलका यी गतिविधिदेखि वाक्क भएर तपाईं कुनै सुरक्षित सर्च इन्जिनको खोजीमा हुनुहुन्छ भने आज हामी तपाईंलाई छ वटा सर्च इन्जिनको बारेमा बताउने छौं । जसले तपाईंलाई तुलनात्मक रुपमा राम्रो सुरक्षा दिनेछन् ।

स्टार्टपेज

स्टार्टपेजले आफूलाई विश्वको सबैभन्दा गोप्य सर्च इन्जिन भएको दाबी गर्दछ । यो नेदरल्याण्डमा आधारित कम्पनीको सर्च इन्जिन हो ।

यद्यपी सर्चको मामिलामा भने यो गुगलभन्दा कमजोर छ । त्यसैले स्टार्टपेजले सर्च एल्गोरिदमका लागि गुगललाई पैसा तिर्ने गर्दछ ।

तर यसले ट्रयाक गर्ने विज्ञापन देखाउने काम भने गर्दैन । यसमा तपाईंले गुगलको जस्तै अनुभव प्राप्त गर्न सक्नुहुन्छ । तर यसले गुगलले जसरी तपाईंको डेटालाई स्टोर गर्ने वा बेच्ने काम चाहिँ गर्दैन । 

इकोसिया 

इकोसिया एउटा परम्परागत सर्च इन्जिन हो, जसको अवधारणा नै फरक छ । यो सर्च इन्जिन बाहेक एउटा एड प्लेटफर्म पनि हो, जसले पैसा संकलन गरेर विश्वलाई हरित गृह बनाउनमा सहयोग गर्ने अभियान चलाएको छ ।

जब तपाईं इकोसियामा सर्च गर्नुहुन्छ, तब सोच्नुहोस् कि तपाईं विश्वलाई हरित बनाउन सहयोग गर्दै हुनुहुन्छ । यो गोपनीयताको लागि पनि एकदमै विश्वासिलो सर्च इन्जिन हो ।

यसमा सर्च इन्क्रिप्ट हुन्छन् भने डेटा स्टोर वा बिक्री गर्ने काम पनि हुँदैन । केही डेटा संकलन हुन्छन्, तर हप्ता दिनभित्रै त्यो अज्ञात भइदिन्छ । साथै त्यसलाई मेट्ने अप्सन पनि तपाईंले यसमा पाउन सक्नुहुन्छ । 

डगपाइल

विश्वभरका अर्बौं वेबपेजहरुलाई आफ्नो साइटमा ल्याउन गुगलले एल्गोरिदम प्रयोग गर्दछ भने डकपाइलले विभिन्न सर्च इन्जिनहरुबाट रिजल्ट निकाल्दछ । यसले गुगल, याहू र बिङबाट रिजल्ट ल्याएर तपाईंलाई दिन्छ । 

डकडक गो

डकडक गो गोपनीयतामा केन्द्रीत एउटा राम्रो सर्च इन्जिन हो । यसले प्रयोगकर्तालाई ट्र्याक गर्दैन । त्यसैले यसलाई कतिजनाले प्रयोग गर्दछ भन्ने पनि कुनै तथ्यांक छैन ।

यद्यपी कम्पनीका सीईओको आँकडा अनुसार यसका २ करोड ५० लाख प्रयोगकर्ता छन् । यसले प्रयोगकर्तालाई विज्ञापनको निशाना बन्न दिँदैन ।

यसबाहेक तपाईंको सर्च हिस्ट्रीमा तपाईंको सर्च रिजल्ट आधारित हुँदैन । तपाईंले आफ्नो सर्चमा आधारित एकदमै कम विज्ञापन मात्रै देख्नुहुन्छ । 

किडल 

किडल एकदमै राम्रो सर्च इन्जिन हो । यसको सम्बन्ध गुगलसँग छैन । तर गुगल सेफ सर्चले यसलाई पावर गरेको छ । बालबालिकाका लागि यो विशेष सर्च इंजिन हो ।

यसले बालिबालकाहरुका लागि सुरक्षित वेब वातावरण प्रदान गर्ने बाचा गरेको छ । यसले व्यक्तिगत पहिचानका जानकारीहरु संकलन गर्दैन । साथै यसका लगहरु २४  घण्टामै डिलिट हुन्छन् । 

वलफ्रेम अल्फा 

वलफ्राम अल्फा तपाईंको ब्राउजरको एकदमै राम्रो सर्च इंजिन हो । यो एल्गोरिदम, एआई प्रविधि र व्यापक डेटाबेसको एउटा समिश्रण हो । 

यसले तपाईंलाई कुनै रेस्टुरेन्ट वा संस्थाको रिभ्यू दिदैँन । तर तपाईं गणितको समस्या, विश्व इतिहास तथा घटना वा व्यक्तिगत फाइनान्सका बारेमा केही थाहा पाउन चाहनुहुन्छ भने, यो एकदमै राम्रो अप्सन हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०