close

यसरी समाधान गर्नुहोस् विण्डोज टेनमा देखिएको पासवर्डको समस्या

टेकपाना टेकपाना

मंसिर १, २०७७ २१:३३

यसरी समाधान गर्नुहोस् विण्डोज टेनमा देखिएको पासवर्डको समस्या

काठमाडौं । विण्डोज टेन कम्प्युटर तथा ल्यापटपमा पासवर्ड स्मरण नहुने समस्यालाई माइक्रोसफ्टले पुष्टी गरेको छ । गत मे महिनाको अपडेटपछि प्रयोगकर्ताहरुले  विण्डोज टेनमा प्रयोग भएका एप, आउटलूक, वनड्राइभ, क्रोम र एजमा सबैले पासवर्ड बिर्सिएको गुनासो गर्दै आइरहेका थिए । 

त्यसयता यो समस्या ज्युँका त्युँ छ । माइक्रोसफ्टले यो समस्याको हलका लागि हालसम्म कुनै आधिकारिक सिस्टम अपडेट फिक्स गरेको छैन । यद्यपी कम्पनीले पाँच चरणको एउटा विधि प्रयोग गर्न सुझाव दिएको छ ।

यस्तो छ विधि

१. विण्डोज टेनको स्टार्ट बटनमा राइट क्लिक गरेर विण्डोज पावरसेल (एड्मिन) सेलेक्ट गर्नुहोस् । 

२. त्यसपछि निम्न पावरसेल पेस्ट गर्नुहोस्:

Get-ScheduledTask | foreach { If (([xml](Export-ScheduledTask -TaskName $_.TaskName -TaskPath $_.TaskPath)).GetElementsByTagName(“LogonType”).’#text’ -eq “S4U”) { $_.TaskName } }

३. अब इन्टर थिच्नुहोस् र आउटपुटमा लिस्ट भएका कुनै पनि टास्कलाई नोट गर्नुहोस् । 

४. अब टास्क शेड्युलर खोल्नुहोस् र प्रत्येक टास्कमा राइट क्लिक गर्दै डिसेबल गर्नुहोस् । 

५. अब विण्डोज टेनलाई रिस्टार्ट गर्नुहोस् । 

कम्प्युटरले बिर्सिएको पासवर्ड अन्तिममा एक पटक पुनः इन्टर गरेर सेभ ओके गर्नुपर्ने माइक्रोसफ्टले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०