close

इन्टरनेट गभर्नेन्स फोरमको ‘म्याग सदस्य’मा नेपालबाट तेस्रो पटक आनन्दराज खनाल नियुक्त

टेकपाना टेकपाना

मंसिर ३, २०७७ ८:५०

इन्टरनेट गभर्नेन्स फोरमको ‘म्याग सदस्य’मा नेपालबाट तेस्रो पटक आनन्दराज खनाल नियुक्त

काठमाडौं । इन्टरनेट गभर्नेन्स फोरम (आईजीएफ)को मल्टी-स्टेकहोल्डर एडभाइजरी ग्रुप (म्याग)मा नेपालको तर्फबाट आनन्दराज खनाल पुनः नियुक्त भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक खनाल यसअघि लगातार दुई कार्यकालसम्म म्यागकाे सदस्य रहेका थिए । संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट २०२१ का लागि म्याग सदस्य चयन गरिएकाे हाे ।

आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतकाे इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फाेरम हाे, जहाँ इन्टरनेटकाे क्षेत्रमा काम गर्ने विभिन्न देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायबाट सदस्य नियुक्त गरिन्छ ।

म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट पुनः नियुक्त भएका छन् । यसपटक म्यागमा १५ नयाँ सदस्य सहित कुल ४० सदस्य रहेका छन् ।

सन् २००६ मा स्थापना भएकाे इन्टरनेट गभर्नेन्स फोरमले संयुक्त राष्ट्र संघका महासचिवलाई इन्टरनेट गभर्नेन्सकाे क्षेत्रमा भइरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०