close

‘सिड स्टार्स वर्ल्ड’मा नेपालबाट दियालो टेक्नोलोजी विजयी

टेकपाना टेकपाना

मंसिर ३, २०७७ १८:५७

‘सिड स्टार्स वर्ल्ड’मा नेपालबाट दियालो टेक्नोलोजी विजयी

काठमाडौं । नेपालमा खानेपानी समितिहरूलाई डिजिटाइ गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजी ‘सिड स्टार्स वर्ल्ड प्रतिस्पर्धा २०२२/२०२१ का लागि नेपालबाट विजयी बनेको छ । नेपाल लगायत विश्वका विभिन्न स्टार्टअप कम्पनीहरुको सहभागीता रहने यो प्रतिस्पर्धामा दियालो टेक्नोलोजी छानिएको हो ।

मंगलबार ‘सिड स्टार्स’ले भर्चुअलरुपमा एसिया र अफ्रिकाका विजेता कम्पनीहरुको नाम घोषणा गरेको थियो । यो अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रलाई अटोमेसनमा लैजान थप कामहरू गर्ने अवसर प्राप्त गर्नेछ ।

अवार्ड प्राप्त गरेसँगै दियालो टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले यस वर्षको सिड स्टार्समा नेपालबाट विजेता बन्न पाएकोमा खुशी व्यक्त गरे ।

‘हामीले विगत आठ वर्षदेखि खानेपानी क्षेत्रका संस्थालाई डिजिटलाइज गर्दै आएका छौँ । अब हामीले यी क्षेत्रलाई पूर्ण अटोमेसनमा लैजाने गरी काम गर्नेछौँ र उपभोक्तालाई थप सहजता दिलाउनेछौँ ।’

नेपालमा दियालो टेक्नोलोजीले खानेपानी क्षेत्रमा वाटरमार्क नामक सफ्टवेयर निर्माण गरी खानेपानी समितिलाई डिजिटलाइज गर्नुका साथै मिटर रिडिङदेखि अनलाइनबाट भुक्तानी गर्न सकिने प्रविधि निर्माण गरी प्रयोगमा ल्याएको छ ।

यस्तै दियालोले सार्वजनिक यातायातको टिकट अनलाइनबाट काट्न सकिने गरी ‘बससेवा डटकम’ समेत सञ्चालन गरिरहेको छ । यसैगरी कम्पनीले नेपालमै पहिलो पटक क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर ‘ईलेखा’ लगायतका थुप्रै सफ्टवेयर निर्माण गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०