close

यसरी सजिलै हटाउनुहोस् कुनै पनि भिडियो वा जीआईएफको ब्याकग्राउण्ड

टेकपाना टेकपाना

मंसिर ४, २०७७ १९:१३

यसरी सजिलै हटाउनुहोस् कुनै पनि भिडियो वा जीआईएफको ब्याकग्राउण्ड

काठमाडौं । सामान्यतयाः भिडियोको ब्याकग्राउण्ड हटाउने कार्य जटिल विषय नै हो । त्यसो त प्रोफेसनल भिडियो एडिटरलाई पनि ब्याकग्राउण्ट हटाउन भिडियोग्राफीकै क्रममा हरियो पर्दाको प्रयोग गर्नुपर्ने हुन्छ ।

तर आज हामी एकदमै साधारण तरिका बताउँदै छौं, जसको सहयोगमा तपाईंले क्षणभरमै आफ्नो भिडियोको ब्याकग्राउण्ड स्वचालित रुपमा सहजै हटाउन सक्नुहुनेछ । यसका लागि सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

निःशुल्क रुपमा उपलब्ध यो वेब टूलले तपाईंलाई कुनै पनि भिडियो वा जीआईएफ अपलोड गरेर ब्याकग्राउण्ड हटाइदिन्छ र त्यसमा केवल सब्जेक्ट अर्थात मुख्य विषयवस्तु मात्र बाँकी रहन्छ । हामीले पनि एउटा भिडियोमा यो टुल प्रयोग गरेका छौं ।

नतिजा साच्चिकै सोचेभन्दा राम्रो निस्किएको छ । तर यसलाई गलत रुपमा नबुझ्नुहोस्, केही हट्नुपर्ने भाग बाँकी रहेका छन् र नहट्नुपर्ने भाग हटेका पनि छन् ।

भिडियोमा प्रकाशको उचित संयोजन हुने हो र ब्याकग्राउण्डसँग सब्जेक्टलाई छुट्याउन सकिने स्पष्ट भिडियो हुने हो भने पक्कै पनि यसले अझ राम्रो नतिजा दिन सक्छ । साच्चिकै यति छिटो रुपमा यो स्तरको नतिजा छैन त गज्जब ?

एकपटक तपाईंले ब्याकग्राउण्ड हटाइसकेपछि अनस्क्रिनले तपाईंलाई छनौट गरिएका केही ब्याकग्राउण्डले प्रतिस्थापन गर्ने सुविधा पनि दिन्छ । यदि तपाईंलाई उपलब्ध कुनै पनि ब्याकग्राउण्ड उपयुक्त लागेन भने तपाईं सामान्य रुपमा पारदर्शी (ब्याकग्राउण्ड बिनाको) जीआईएफ डाउनलोड गर्न सक्नुहुन्छ ।

साथै सुहाउँदा अन्य विकल्प रोज्ने मौका समेत यसले दिन्छ । यसले पर्फेक्ट किसिमको नतिजा त दिँदैन । यदि तपाईंलाई त्यस्तै परिणाम चाहिएको हो भने ब्याकग्राउण्ड म्यानुअल रुपमा हटाउन सक्नुहुन्छ ।

तर तपाईंलाई सामान्य किसिमको मिम चाहिएको हो र धेरै समय खर्च गर्नु छैन भने अनस्क्रिन एउटा गतिलो चिज बन्न सक्छ । भिडियो अपलोड गरेर तपाईंले यसबाट निःशुल्क रुपमा मिम तयार पार्न सकेपनि ब्याकग्राउण्ड रहित भिडियो निकाल्का लागि भने सःशुल्क प्लान लिनुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०