close

अब गुगल क्रोमको एड्रेसबारमै ‘कमाण्ड’ टाइप गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

मंसिर १३, २०७७ ९:१४

अब गुगल क्रोमको एड्रेसबारमै ‘कमाण्ड’ टाइप गर्न सकिने, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । गुगल क्रोम अहिले सबैभन्दा बढी प्रयोग हुने इन्टरनेट ब्राउजरको रुपमा रहेको छ । यसको कारण यसमा उपलब्ध फिचर नै हो ।

डेभलपर फ्रेन्ड्ली वेब ब्राउजरको रुपमा चिनिएको क्रोममा गुगलले समय समयमा नयाँ नयाँ फिचर पनि थप गर्दै आएको छ । गुगल क्रोमको नयाँ भर्सन भी ८७ मा गुगलले उपयोगी विभिन्न फिचरहरु थप गरेको छ ।

त्यसमध्ये अहिले चर्चामा रहेको फिचर भनेको ‘क्रोम एक्सन’ हो । उक्त फिचरले तपाईंलाई क्रोमको एड्रेसबारमै केही कमाण्ड टाइप गरी निश्चित टास्क पुरा गर्न मद्दत गर्नेछ ।

यो कुनै काम गर्नका लागि सबैभन्दा सहज र छरितो उपाय हो । यसमा केही शब्द टाइप गरेको भरमा तपाईंले आफूले चाहेको काम गर्न सक्नु हुनेछ ।

उदाहरणका लागि जब तपाईंले ‘एडिट पासवर्ड’ अथवा ‘डिलिट हिस्ट्री’ टाइप गर्नु भयो भने एड्रेसबारबाटै त्यो काम गर्न सक्नुहुनेछ ।

Chrome Actions in the search bar

यो फिचर हाल डेक्सटप भर्सनमा उपलब्ध रहेको छ । तर, यो फिचर डिफल्ट अथार्त स्वतः लागू भने हुँदैन ।

त्यसका लागि तपाईंले यसलाई अन गर्नुपर्ने हुन्छ । त्यसका लागि केही प्रक्रिया पुरा गर्नुपर्ने छ । जुन यहाँ हामी तपाईंलाई बताउँदै छौं ।

त्यसका लागि सुरुमा तपाईंले गुगल क्रोमको नयाँ भर्सन प्रयोग गरिरहनु भएको छ भन्नेमा निश्चन्त हुन आवश्यक छ । यदि नयाँ भर्सन उपलब्ध छैन भने सुरुमा क्रोम ८७ भर्सन इन्स्टल गर्न आवश्यक छ ।

तपाईंसँग नयाँ भर्सन उपलब्ध छ भने तल दिएको प्रक्रियालाई अपनाएर यो फिचर अन गर्न सकिन्छ ।

१. सुरुमा क्रोमको एड्रेसबारमा “chrome://flags” टाइप गर्नुहोस् ।
२. अब त्यहाँ “Omnibox” टाइप गरी सर्च गर्नुहोस् ।
३. Omnibox” सर्च गर्दा त्यहाँ थुप्रै विकल्प देखिने छन् । त्यसमध्ये ‘ओम्नीबक्स सजेसन बटन रो’ र ‘ओम्नीबक्स पेडल सजेसन’ इनेवल गर्नुहोस् ।

यी दुवै इनेवल गरेसँगै तपाईंलाई गुगलको नयाँ फिचर प्रयोग गर्न सक्नुहुनेछ । यति गरेसँगै अब तपाईंले ब्राउजिङ डेटा क्लियर गर्नका लागि क्रोमको एड्रेसबारमा ‘डिलिट हिस्ट्री’, ‘क्लियर क्याश’, अथवा ‘वाइप कुकिज’ टाइप गर्दा हुनेछ ।

त्यस्तै पेमन्ट मेथडलाई म्यानेज गर्नका लागि ‘एडिट क्रेडिट कार्ड’, ‘अपडेट कार्ड इन्फो’ टाइप गर्दा हुनेछ । यसैगरी पासवर्ड म्यानेज गर्नका लागि ‘एडिट पासवर्ड’, ‘अपडेट क्रेडिन्सियल’ टाइप गर्दा तपाईंले सहजै आफूले चाहेको काम सम्पन्न गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०