close

ह्वाट्सएपको नयाँ अपडेटमा थपिए वालपेपर र स्टिकरका फिचर

टेकपाना टेकपाना

मंसिर १६, २०७७ २२:२०

ह्वाट्सएपको नयाँ अपडेटमा थपिए वालपेपर र स्टिकरका फिचर

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले नयाँ अपडेट ल्याएकाे छ । नयाँ अपडेट अन्तर्गत विशेषगरी कस्टम वालपेपर र स्टिकरकाे फिचर थपिएकाे छ ।

त्यसमध्ये पहिलो फिचर भने आईओएस प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छ । आईओएस प्रयोगकर्ताले अब ह्वाट्सएपमा व्यक्ति अनुसार छुट्टाछुट्टै च्याट ब्याकग्राउण्ड राख्नसक्ने भएका छन् ।

यो फिचर डार्कमोड र लाइट मोड दुवैमा उपलब्ध छ । कम्पनीका अनुसार प्रयोगतर्काले आफूलाई मनपर्ने मोड सेलेक्ट गरेर त्यसमा आफुलाई मनपर्ने च्याट ब्याक ग्राउण्ड छनोट गर्न सक्नेछन् ।

यसका साथै नयाँ अपडेटमा प्रयोगतर्काले स्टिकर सर्च गर्न सक्ने भएका छन् । आफूलाई मनपर्ने स्टिकर सर्च गरेर सहज रुपमा पठाउन सकिने भएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०