close

नोट सिरिजमा अन्तिम स्मार्टफोन ल्याउने तयारीमा सामसङ

टेकपाना टेकपाना

मंसिर १६, २०७७ १८:४१

नोट सिरिजमा अन्तिम स्मार्टफोन ल्याउने तयारीमा सामसङ

काठमाडौं । सामसङले आफ्नो ग्यालेक्सी नोट सिरिज बन्द गर्नुअघि अर्को वर्ष एउटा अन्तिम मोडल सार्वजनिक गर्ने तयारी गरेको छ । सामसङले ग्यालेक्सी एस र नोट लाइनलाई मिलाई एस पेन थप गरेर नयाँ मोडल सार्वजनिक गर्नेछ ।

यो नयाँ फोन ग्यालेक्सी नोट सिरिजकै मोडल ग्यालेक्सी नोट २१ हुने र अर्को वर्षसम्म सार्वजनिक हुन सक्ने कोरियाली मिडिया ईटी न्युजले लेखेको छ ।

यसअघि सामसङले आफ्नो नोट सिरिजलाई बन्द गर्ने समाचारहरु बाहिर आइरहेका छन् । सामसङले नोट सिरिजलाई बन्द गरेर ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी जेड फोल्ड थ्रीमा एस पेन थप गर्ने खबर गत हप्ता आएको थियो ।

सामसङको यो मोडल २०२१ को अन्तिम ६ महिनाभित्र आउन सक्ने सामसङको एक भित्री स्रोतले उल्लेख गरेको सो समाचारमा जनाइएको छ ।

तर सामसङले २०२१ मा आफ्नो नोट सिरिजमा भन्दा पनि फोल्डेबल फोनमा केन्द्रित रहेर काम गर्ने देखिएको छ ।

२०२१ मा सामसङले फोल्डेबल फोनहरुमा काम गर्ने खबरहरु आइरहेका छन् । कम्पनीले अल्ट्रा थिन ग्लासको रिसर्च तथा विकासमा काम गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०