काठमाडौं । आउँदो शुक्रबार अर्थात् मंसिर १९ गते ई-बिजनेस पोलिसी फोरम, २०२० आयोजना हुने भएको छ । डेल्टा ल फर्म तथा इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकाे संयुक्त आयोजना र इन्नोभेटिभ लिगल सर्भिस तथा नेपाल इन्टरनेट फाउन्डेसनको सह-आयोजनामा साे कार्यक्रम हुन लागेकाे हाे ।
भर्चुअल माध्यम (जुम) बाट हुने साे कार्यक्रममा ई-बिजनेश सम्बन्धी नीति, कानून तथा अभ्यासबारे सम्बन्धित सरोकारवालाबीच गहन समिक्षा र विश्लेषण गरी दिगो अनलाइन व्यवसायका उपाय निकालिनेछ ।
फाेरममा ई-कमर्स सम्बन्धी नीतिगत व्यवस्था, अवसर तथा चुनाैतीहरु, यस्ता व्यवसायको दिगोपन, ईकमर्शको क्षेत्रमा प्रतिलिपि अधिकार, उपभोक्ता संरक्षण जस्ता विषयमा सम्बन्धित सराेकारवालाहरूबीच छलफल हुनेछ ।

फोरममा तीन सय जनाकाे हारहारीमा प्रत्यक्ष सहभागिता हुने अपेक्षा गरिएको छ । यस कार्यक्रमको इन्डस्ट्री साझेदारको रुपमा प्रभु-पे तथा मिडिया पार्टनरको रुपमा टेकपाना रहेका छन् । साथै रेडियो पार्टनरको रुपमा सिटिजन एफएम रहेकाे छ । फोरमको कम्युनिटी पार्टनरहरूमा क्याफे–डि–लिगल र जुरिष्ट एण्ड ल रहेका छन् ।
सूचना प्रविधिको विकासले अर्थतन्त्रमा पारेको प्रभाव, त्यसको सदुपयोग र विकासका लागि सरोकारवालाहरुको सहकार्यमा ई-बिजनेशको क्षेत्रका विभिन्न विषयमा छलफल गरी सम्बन्धित निकायलाई यस सम्बन्धी नीति तथा कानूनको क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले फोरम आयोजना गर्न लागिएको नेपाल इन्टरनेट फाउण्डेशनका अध्यक्ष विक्रम श्रेष्ठले बताए ।
साे कार्यक्रम बिहान साढे ९ बजेदेखि सुरू हुनेछ ।
कार्यक्रमकाे तालिका र एजेन्डा
| 9:30 – 10:00 AM | Registration/Entry | |
| 10:00-10:30 AM | Welcome Note and Highlight of the ForumRemarks by Chief Guest | |
| 10:30-11:30 AM | Policy Framework for Sustainability of e-Business Moderator: Saroj Krishna Ghimire, Treasurer, Supreme Court Bar Association Prof. Dr. P. Vigneswara Ilavarasan, Professor, Indian Institute of Technology (IIT), New Delhi Mr. Manohar Kumar Bhattarai, Former Vice Chairman, High Level Commission for Information Technology/President of Internet Governance Institute Mr. Ganesh Pandey, Joint Secretary, Ministry of Industries, Commerce and Supplies Ms. Missi Choudhary, Founder, Missi Choudhary and Associates, NewYork/New Delhi | |
| 11:30 AM-12:00 PM | e-Business Industry in Nepal: Opportunities and Risks Bal Krishna Joshi, Founder, Thamel.Com | |
| 12:00– 3:00 PM | Lunch Break | |
| 13:00-13:30 PM | Legal Aspects of e-Business in Nepal Babu Ram Aryal, Founder/CEO, Delta Law Firm | |
| 13:30-14:00 PM | Data, Sovereignty and E-Commerce Nikhil Pahwa, Founder/Editor, Medianama | |
| 14:00-14:15 PM | Virtual Networking | |
| 14:14-14:30 PM | Intellectual Property Rights In E-Commerce Advocate Raka Roy, Head of IP & Data Protection at Galadari Advocates & Legal Consultants, Dubai, UAE | |
| 14:30-15:00 PM | COVID-19 and E-Business: Nepali Experience Sagar Dev Bhatta, Co-Founder, Kirana, | |
| 15:00-16:00 PM | Intermediary Liability and Consumer Protection in e-Business (Panel Discussion) Moderator: Advocate Prabin Subedi, Founding Partner at Paramount Legal Advisory Services Pvt. Ltd. Panelists: Bikram Shrestha, President, Nepal Internet Foundation Rohit Tiwari, Founder/CEO, FoodMario Jashisha Kumar Gupta, CFO, Daraz Nepal Samita Kapali, Co-Founder, Green Growth | |
| 16:00-16:30 PM | Closing Remarks Remarks by Chief Guest Remarks by Chair |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०
