close

पिन नम्बर डायल नगरिकनै ब्यालेन्स राख्न मिल्ने टेलिकमको फिचर ‘स्क्यान टु रिचार्ज’

टेकपाना टेकपाना

मंसिर १८, २०७७ १२:५

पिन नम्बर डायल नगरिकनै ब्यालेन्स राख्न मिल्ने टेलिकमको फिचर ‘स्क्यान टु रिचार्ज’

काठमाडौं । नेपाल टेलिकमले आफ्नो मोबाइल एपलाई अझ बढी प्रभावकारी र सहज बनाउने क्रममा ‘स्क्यान टु रिचार्ज’ अप्सन थप गरेको छ । योसँगै टेलिकमको मोबाइल एप प्रयोगकर्ताले रिचार्ज कार्ड स्क्यान गरेकै भरमा मोबाइल रिचार्ज गर्न सक्ने भएका छन् ।

रिचार्ज कार्डमा हुने नम्बरलाई डायल गरी रिचार्ज गर्न झन्झट भइरहेकाे भन्दै टेलिकमले याे सेवाको सुरुवात गरेको हो । यो सुविधा केही समय अघिबाटै प्रयोगमा आएको भएता पनि धेरैलाई यो विषयमा जनाकारी नहुन सक्छ ।

त्यसैले यहाँ हामी तपाईंहरुलाई उत्त फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिँदै छौं । त्यसका लागि सुरुमा तपाईंसँग नेपालको टेलिकमको मोबाइल एप हुन जरुरी छ ।

उक्त एपमा तपाईंले प्रयोग गर्ने नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरी लगइन भएको हुनुपर्नेछ । यदी छैन भने पनि तपाईंले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र आईओएसको लागि एप स्टोरमा गएर डाउनलोड गरी लगइन गर्न सक्नुहुनेछ ।

टेलिकमको उक्त एपमा विभिन्न फिचर रहेका छन् । तपाईंले उक्त एपमार्फत नै पैसा ट्रान्सफर, आफ्नो मोबाइलमा रहेको ब्यालेन्स, विभिन्न प्याक लिन तथा उक्त प्याकको जानकारी लिन लगायत थुप्रै सुविधा प्रयोग गर्न सक्नुहुनेछ ।

त्यसमध्ये यहाँ हामीले चर्चा गरिरहेको ‘स्क्यान पीन’ फिचर प्रयोगका लागि सुरुमा नेपाल टेलिकमको ‘एनटी एप’ खोल्नुहोस् । त्यहाँ उपलब्ध विभिन्न विकल्पमध्ये ‘रिचार्ज नाउ’ मा क्लिक गर्नुहोस् ।

त्यसमा तपाईंलाई आफ्नै मोबाइल रिचार्ज गर्ने अथवा अरुको मोबाइल रिचार्ज गर्ने भनी सोध्ने छ । त्यसमध्ये आफूले गर्न चाहेको अप्सनमा क्लिक गर्नुहोस् । त्यसपश्चात त्यहाँ रहेको ‘स्क्यान कार्ड’ अथवा ‘स्क्यान पिन’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा क्युआर कोड स्क्यानरको जस्तै बक्स खुल्नेछ । उक्त बक्सको बीचमा पर्ने गरी तपाईंसँग भएको रिचार्ज कार्डको पिन नम्बर देखाउनुहोस् । त्यति गर्दा उक्त एपले कार्डमा रहेको पिनलाई स्क्यान गरेर तपाईंको मोबाइललाई रिचार्ज गर्न मद्दत गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०