काठमाडौं । एनआईसी एसिया बैंकले मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्न सक्ने सुविधा ल्याएकाे छ ।
योसँगै बैंकका ग्राहकले ‘एनआईसी एसिया मो-बैंक’ एपमार्फत फिक्स डिपोजिट अर्थात मुद्दती खाता खोल्न सक्ने भएका छन् । त्यसका लागि बैंकले उक्त एपमा ‘फिक्स डिपोजिट’ आइकन थप गरेको छ ।
उक्त आइकनमा क्लिक गरी सहजै रुपमा जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सकिन्छ । ग्राहकले बैंकमा कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्षभन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् ।
जसमा वार्षिक ब्याजदर ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त हुनेछ । मोबाइल बैंकिङमार्फत मुद्दती खाता खोल्ने ग्राहकलाई मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप ब्याज प्रदान गर्ने बैंकले जनाएको छ ।