close

कोभिडले बढायो वेयरेबल डिभाइसको बजार, तीन महिनामै १२ करोड थान बिक्री

टेकपाना टेकपाना

मंसिर १९, २०७७ १५:२२

कोभिडले बढायो वेयरेबल डिभाइसको बजार, तीन महिनामै १२ करोड थान बिक्री


काठमाडौं । विश्व बजारमा वेयरेबल डिभाइसको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । सन् २०२० को तेस्रो त्रैमासिकमा मात्रै १२ करोड ५० लाख भन्दा बढी थान यस्ता डिभाइस बिक्रि भएको उल्लेख गरिएको छ ।

आईडीसीले भर्खरैमात्र सार्वजनिक गरेको नयाँ तथ्याङ्क अनुसार पछिल्लो त्रैमासिकमा मात्रै १२ करोड ५० लाख थान यस्ता डिभाइसको सिपमेन्ट भएको छ । स्मार्टफोन तथा स्मार्ट डिभाईसको बिक्री तथा यससँग सम्बन्धित विषयमा अध्ययन गर्दै आएको संस्था आईडीसीका अनुसार जुन् अघिल्लो त्रैमासिकको तुलनामा ३५ प्रतिशतले वृद्धि हो ।

उक्त प्रतिवेदन अनुसार पहिलो पटक भारतिय कम्पनी बोएट यो सुचीको पाँच नम्बर भित्र पर्न सफल भएको छ । बोएटले विशेष गरी अडियो डिभाइसमा काम गर्दै आएको छ । यसरी वेयरेबल डिभाइसको सिपमेन्ट आएको उछालको कारण कोभिड–१९ लाई लिइएको छ

कोभिडका कारण यस्ता डिभाइस प्रयोग गर्नेको संख्या वृद्धि भएको उल्लेख गरिएको छ । सामसङ, एप्पल जस्ता कम्पनीले यही त्रैमासिकमा आफ्ना विभिन्न वेयरेबल डिभाइस पनि सार्वजनिक गरेको पनि त्यसको प्रभाव यसमा देखिएको हो ।

उक्त अध्ययनका अनुसार पुरानो डिभाइस प्रयोग गर्नेले नयाँ प्रयोग गुर्नका साथै यो पटक नयाँ डिभाइस किन्नेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । जसको प्रयोग उदयीमान तथा विकासित सहरमा बढी भएको जनाइएको छ ।

प्रतिवेदन अनुसार वेयरेबल डिभाइसमा सबैभन्दा अघि एप्पल रहेको छ । जसको बजार हिस्सा ३३.१ प्रतिशत रहेको छ । जसमा एयरपोड्स र एप्पलवाच सबैभन्दा प्रमुख रोजाइ रहेको छ । भने, दोस्रो नम्बरमा साओमी रहेको छ ।

साओमीले १ करोड ७० लाख वेयरेवल डिभाइस सिपमेन्ट गरेको उल्लेख गरिएको छ । ह्वावे तेस्रो स्थानमा छ । ह्वावेले कुल १३.७ मिलियन वेयरेवल डिभाइस सिपमेन्ट गरेको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०