काठमाडौं । डिशहोमले आयोजना गरेको रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार आयोजित फाइनल कार्यक्रम मार्फत विजयी शिवना श्रेष्ठ पहिलो भएकी छन् ।
दर्शकको भोटको आधारमा विजेता छनोट गरिएको हो । कार्यक्रमको निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोना अमात्य रहेका थिए ।
कार्यक्रममा तुशिता मास्के र स्वर्णिम श्रेष्ठ क्रमश: दोस्रो र तेस्रो भएका छन् । विजेतामध्ये प्रथमले नगद एक लाख रुपैयाँ, दुई रात तीन दिनको होटल रेनफोरेस्ट, सौराहामा स्टेको कुपन हात पारेकी छन् ।
त्यस्तै दोस्रो विजेताले नगद ५० हजार र दुई रात तीन दिनको होटल पार्कल्याण्ड, सौराहामा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरि हिल्स रिसोर्ट, चन्द्रागिरिमा दुई रात तीन दिनको स्टे प्राप्त गरेका छन् ।
यस बाहेक डिशहोमको वार्षिक जडान र अन्य आकर्षक उपहार समेत विजयी प्रतियोगीले प्राप्त गरेका छन् ।