close

उद्यमीलाई बिना ब्याज १० लाखसम्म ऋण

टेकपाना टेकपाना

मंसिर २०, २०७७ ८:२८

उद्यमीलाई बिना ब्याज १० लाखसम्म ऋण

बुटवल । लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी बन्न चाहनेका लागि ब्याज अनुदानमा ऋण दिने भएकाे छ । प्रदेशस्थित उद्याेग, वन तथा वातावरणा मन्त्रालयले कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागेकाे हाे ।

यस अन्तर्गत प्रदेशका १२ जिल्लामा करिब १ अर्ब ३५ करोड ऋण प्रवाह गरिनेछ । उद्याेगीका साथ प्रदेश सरकार कार्यक्रम अन्तर्गत ल्याइएकाे याेजनामा नेपाल बैंक लिमिटेडसँग साझेदारी गरिएकाे छ ।

यसअन्तर्गत बैंकले ७ दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋण प्रवाह गर्नेछ भने सो ब्याज रकम सबै प्रदेश सरकारले तिर्नेछ। प्रदेश सरकारले उद्यम गर्न चाहनेलाई न्यूनतम ३ लाखदेखि १० लाखसम्म लगानी गर्नेछ ।

वैदेशिक रोजगारबाट फर्किएका, दलित, महिला, द्वन्द्वपीडित, अपांगता भएका व्यक्ति, सीमान्तकृत तथा अल्पसंख्यकले प्राथमिकतासाथ ऋण पाउनेछन् । यस कार्यक्रबाट करिब १५ सय उद्यमको विकास र ६ हजार जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०