close

मेन क्यामेरामा आईफोन ट्वेल्भभन्दा साओमी अगाडि, सेल्फीमा भने कमजोर

टेकपाना टेकपाना

मंसिर २२, २०७७ ८:५५

मेन क्यामेरामा आईफोन ट्वेल्भभन्दा साओमी अगाडि, सेल्फीमा भने कमजोर

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी साओमीले आफ्नो १० वर्ष पुरा भएको अवसरमा एमआई टेन अल्ट्रा सार्वजनिक गरेको थियो । यसको क्यामेराले सबै डिभाइसलाई र्‍याङ्किङमा पछाडि पारेको थियो ।

गएको अगस्टमा सार्वजनिक भएको यो फोनको डीएक्सओमार्क क्यामेरा रिभ्यूबाट विद्यमान च्याम्पियन ह्वावे पी फोर्टी प्रोलाई समेत पछाडि पारिदियो । यद्यपी, अक्टुबरमा ह्वावे मेट फोर्टीले मी टेन अल्ट्रालाई हराउँदै एक नम्बर स्थान ओगटेको छ ।

तर साओमीको यो फोनको क्यामेरा अन्य डिभाइसको तुलनामा निकै राम्रो छ । यससँगै यो फोनको सेल्फी क्यामेराको रिभ्यू समेत आएको छ ।

मी टेन अल्ट्राको प्राइमरी क्यामेरा एप्पलको सबैभन्दा पावरफुल क्यामेरा डिभाइसभन्दा पनि दमदार देखिएको छ । एप्पल आईफोन ट्वेल्भ प्रो म्याक्सको क्यामेरा ह्वावे पी फोर्टी प्रोभन्दा पनि पछि अर्थात र्‍यांकिङको चौथो स्थानमा छ ।

तर मी टेन अल्ट्राको सेल्फी क्यामेराले भने निराश बनाएको छ । डीएक्सओमार्कको सेल्फी क्यामेरा र्‍याङ्किङमा यसले केवल ८८ प्वाइन्ट प्राप्त गरेको छ । विस्तृत सेल्फी क्यामेरा रिभ्यूबाट साओमीको यो डिभाइसको सेल्फी क्यामेरा राम्रै छ ।

८८ प्वाइन्टका साथ यो फोन २२ औं स्थानमा रहेको छ । प्राइमरी क्यामेरा र्‍याङ्किङमा भने यो डिभाइस दोस्रो स्थानमा छ । एप्पल आईफोन ट्वेल्भ प्रो म्याक्सको सेल्फी क्यामेरा भने ९८ अंकका सूचीको आठौं स्थानमा छ ।

२० मेगापिक्सेलको सेल्फी क्यामेरा

साओमीको फ्ल्यागशिप डिभाइसमा सिंगल पञ्चहोल सेल्फी क्यामेरा राखिएको छ । जुन कर्भ्ड ओएलईडी डिस्प्लेको बायाँ साइडमा रहेको छ ।

यो २० मेगापिक्सेलको फ्रन्ट क्यामेरामा १/३.४ इन्च फिक्स्ड फोकस सेन्सर एफ/२.३ लेन्सका साथ राखिएको छ । यसको सहयोगमा २० मेगापिक्सेलसम्मको तस्वीर खिच्न सकिन्छ ।

साथै १९२० बाई १०८० पिक्सेल (एफएचडी) रेजोलुसन भएको भिडियो ३० एफपीएसमा रेकर्ड गर्न सकिन्छ । यसको पर्फर्मेन्सको कुरा गर्ने हो भने फोटोका लागि ८६ प्वाइन्ट तथा भिडियोका लागि ९१ प्वाइन्ट पाएको छ ।

एमआई टेन अल्ट्राको स्पेसिफिकेसन

स्मार्टफोनमा ६.६७ इन्चको फुल एचडी प्लस डिस्प्ले २३४० बाई १०८० पिक्सेल रेजोलुसन रहेको छ । जसमा १२० हर्जको स्क्रिन रिफ्रेश रेट प्राप्त हुन्छ ।

१६ जीबीसम्मको एलपीडीडीआर ५ र्‍याम तथा ५१२ जीबीसम्मको यूएफएस ३.१ स्टोरेजयुक्त यो फोनमा स्नापड्रागन ८६५ प्रोसेसर राखिएको छ ।

रियर क्यामेराको कुरा गर्दा यसमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सरको साथमा २० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल शुटर, १२ मेगापिक्सेलको पोट्रेट सेन्सर र १२० एक्स अल्ट्रा जुम सपोर्ट गर्ने टेलिफोटो शुटर दिइएको छ । फोनमा १२० वाट फास्ट चार्जिङ सपोर्टका साथ ४५०० एमएएच क्षमताको ब्याट्री प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०