close

गुगल फोटोजको तस्वीरलाई यसरी बनाउनुहोस् मोबाइलको लाइभ वालपेपर

टेकपाना टेकपाना

मंसिर २१, २०७७ २१:५८

गुगल फोटोजको तस्वीरलाई यसरी बनाउनुहोस् मोबाइलको लाइभ वालपेपर

काठमाडौं । तपाईंको तपाईंका गुगल फोटोजमा रहेको तस्वीरको संग्रह नेस्ट हब जस्ता स्मार्ट डिभाइसको पिक्चर कर्सेल वा पर्सनलाइज्ड स्क्रिनसेभरमा फिचर हुन सक्ने सुविधा यसअघि देखि नै रहेको छ । अब भने यी फोटोहरुलाई तपाईंले आफ्नो एन्ड्रोइड फोनको होम स्क्रिनमा लाइभ वालपेपरको रुपमा समेत सजाउन सक्नु हुनेछ । 

गुगल फोटोज एपको पछिल्लो अपडेटले तपाईंको मेमोरी फोटोहरुलाई अटोमेटिक रोटेटिङ वालपेपर बनाइदिन्छ । यो फिचर प्रयोग गर्न तपाईंको एप v5.22. भर्सनमा अपडेट भएको हुनु पर्नेछ । यति भइसकेपछि तपाईंले आफ्नो फोटोलाई लाइभ वालपेपरको रुपमा सेट गर्न निम्न प्रक्रिया अपनाउनु पर्ने हुन्छ । 

१. आफ्नो होम स्क्रिनमा जानुहोस् र खाली भागमा लामो समयसम्म दबाएर राख्नुहोस् । 

२. अब तल दायाँतर्फ रहेको वाल पेपर सेक्सनमा जानुहोस् एग्री बटनमा ट्याप गर्नुहोस् । 

३. लाइभ वालपेपरका लागि तलतिर स्क्रोल गर्नुहोस् । 

४. आफ्नो फोटोलाई लाइभ वालपेपरको रुपमा सेट गर्न मेमोरिज छनौट गर्नुहोस् ।

तर तपाईंको होम वा लकस्क्रिनमा कुन तस्वीर देखा पर्छ भन्ने कुराको निर्धारण गर्ने अधिकार भने तपाईंसँग हुने छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०