close

आफ्नो कम्प्युटरमा यसरी निःशुल्क डाउनलोड गर्नुहोस् विण्डोज टेन

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १३:१३

आफ्नो कम्प्युटरमा यसरी निःशुल्क डाउनलोड गर्नुहोस् विण्डोज टेन

काठमाडौं । माइक्रोसफ्टले आफ्नो विण्डोज सेभेनको सपोर्ट सिस्टमलाई बन्द गरेको एक वर्ष भइसकेको छ । डिभाइसहरुलाई अब सुरक्षित र सहज रुपमा चलाउन माइक्रोसफ्टले विण्डोज टेनमा अपग्रेड हुने सुविधा दिएको छ । 

यदि तपाईंको पुरानो पीसी वा ल्यापटपमा अझै पनि विण्डोज सेभेन चलिरहेको छ भने तपाईंले माइक्रोसफ्टको वेबसाइटबाट विण्डोज टेन होम अपरेटिङ सिस्टम १३९ डलरमा खरिद गर्नसक्नुहुन्छ । 

तर खुशीको खबर के छ भने माइक्रोसफ्टले सन् २०१६ मा ल्याएको निःशुल्क अपग्रेडको स्किमले अझै पनि काम गरिरहेको छ । त्यसैले तपाईंले यति धेरै पैसा खर्च गर्नुपर्ने आवश्यकता छैन । 

माइक्रोसफ्टले सन् २०१५ मा पहिलोपटक विण्डोज टेन सार्वजनिक गर्दैगर्दा उसले विण्डोज सेभेन, एट र ८.१ का प्रयोगकर्ताहरुका लागि निःशुल्क अपग्रेडको सुविधा ल्याएको थियो । 

त्यसो त उक्त सुविधा सन् २०१६ मा अन्त्य गर्ने माइक्रोसफ्टले घोषणा गरेको पनि थियो । तर यसले अहिले पनि कतिपय पीसीमा काम गर्दछ । 

विण्डोज सेभेन सपोर्ट सिस्टम बन्द भएसँगै अब यसमा कुनै पनि किसिमको सेक्युरिटी अपडेट, प्याच वा प्राविधिक सहायता उपलब्ध हुनेवाला छैन । त्यसैले तपाईंसँग आफ्नो डिभाइसलाई विण्डोज टेनमा अपग्रेड गर्ने बाहेक अन्य कुनै विकल्प छैन ।

अन्यथा तपाईंको डिभाइस भाइरस र माल्वेयरको खतरामा पर्नेछ । त्यसैले आज हामी तपाईंलाई विण्डोज टेन निःशुल्क रुपमा डाउनलोड कसरी गर्ने भन्ने बारेमा बताउँदै छौं । 

कसरी गर्ने डाउनलोड ?

१. यसका लागि विण्डोज टेन डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् । 

२. कृयट विण्डोज टेन इन्स्टलेसन मिडियाभित्र रहेको डाउनलोड टूल नाउमा क्लिक गरी रन थिच्नुहोस् । 

३. यदि तपाईं चलाइरहेकै डिभाइस अपग्रेड गर्न चाहनुहुन्छ भने अपग्रेड दिस पीसी नाउ चयन गर्नुहोस् । अन्यथा त्यस डिभाइसबाट अन्य डिभाइस अपग्रेड गर्न चाहनुहुन्छ भने कृयट इन्स्टलेसन मिडिया फर अनदर पीसी चयन गर्नुहोस् र इन्स्टलेसन फाइलहरु सेभ गर्नुहोस् ।

४.  अब प्रम्प्टहरु देखा पर्नेछन् । त्यसलाई फलो गर्नुहोस् । 

५. जब अपग्रेड पुरा हुन्छ, तब सेटिङ अपडेट एण्ड सेक्युरिटी हुँदै एक्टिभेसन मा जानुहोस् । अब तपाईंले विण्डोज टेनका लागि डिजिटल लाइसेन्स देख्नुहुनेछ । 

तर विण्डोज टेनमा अपग्रेड हुनका लागि तपाईसँग विण्डोज सेभेन वा एटको होम लाइसेन्स भने हुनुपर्दछ ।

त्यस्तै विण्डोज टेन प्रोमा अपडेट हुन तपाईंसँग विण्डोज सेभेन वा एट प्रो लाइसेन्स हुनुपर्छ । तर यस किसिमको अपग्रेड विण्डोज इन्टरप्राइजमा भने उपलब्ध हुने छैन ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०