close

महामारीबाट जागिर गुमाएकालाई जोड्दै रोजगारी सञ्जाल, आवद्ध हुन यसो गर्नुहोस्

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १५:१८

महामारीबाट जागिर गुमाएकालाई जोड्दै रोजगारी सञ्जाल, आवद्ध हुन यसो गर्नुहोस्

काठमाडौं । कोभिड–१९ का कारण धेरै व्यवयासय बन्द भएका छन् । कतिपय व्यवसायमा कर्मचारी कटौतीमा परेका छन् ।

जसले गर्दा यो समयमा रोजगारी गुमाउनेको संख्या धेरै छ । विस्तारै बजार चलमलाउन थालेसँगै यसको असर बजारमा समेत देखिन थालेको छ ।

रोजगारी गुमाउनेहरु कामको खोजीमा भौँतारिरहेका छन् भने रोजगारदाता कम्पनीहरु आफ्ना लागि आवश्यक कर्मचरी माग गरिरहेका छन् । यस्तै रोजगारी गुमाउनेहरु र रोजगारदातालाई आपसमा जोड्ने उद्देश्यका साथ रोजगारी सञ्जालले काम गरिरहेको छ ।

ग्रेफियस टेक्नोलोजी प्रालि ले २०७६ साउन १० गते रोजगारी सञ्जालको पहिलो र २०७६ साउन २० गते दोस्रो भर्सन सार्वजनिक गरेको थियो । जसमार्फत कुनै पनि संघ संस्था, उद्योग, व्यवसायिक संगठन लगायतले आवश्यक कर्मचारी निःशुल्क रुपमा खोज्न सक्नेछन् ।

त्यस्तै जागिरको खोजीमा रहेकाले पनि कम्पनीको वेबसाइटमा गएर व्यक्तिगत अकाउण्ट खोली आफ्नो प्रोफाइल खोलेर उपयुक्त रोजगारी छनौट गर्न सक्छन् । वेबसाइटबाटै आफ्नो बायोडेटा पब्लिस गर्न, रोजगारीका लागि आवेदन दिन र चाहेको कम्पनीलाई फलो गरी भ्याकेन्सीको बारेमा अपडेट प्राप्त गर्न समेत यो उपयोगी छ ।

त्यतिमात्रै नभएर कम्पनीहरुको हकमा अकाउण्ट खोलेर निःशूल्क रुपमा बिज्ञापन राख्न पाउने सुविधा पनि कम्पनीले दिएको छ । साथै कम्पनीहरुले जागिरको खोजीमा रहेका व्यक्तिको विवरण हेरी कर्मचारीको समूह बनाइ भबिस्यका लागि सट लिस्ट तथा सोझै सम्पर्क गर्नसमेत सक्ने व्यवस्था रहेको रोजगारी सञ्जालका सीईओ देवेन्द्र नेपाल बताउँछन् ।

उनका अनुसार हालसम्म यो एक वर्षको अवधिमा रोजगारी सञ्जाल मार्फत ५०० भन्दा बढी कम्पनिले कर्मचारी पाइसकेका छन् भने २५०० भन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।

‘२५ सय भन्दा बढी कम्पनी जोडिएको रोजगारी सञ्जालमा हालसम्म २० हजार भन्दा बढी रोजगारी खोजी गर्नेको तथ्याङ्क रहेको छ,’ नेपालले भने, ‘यस्तोमा कोरोनाको समयमा रोजगारी तथा कर्मचारी गुमाउनु भएका व्यक्ति तथा सस्थाहरुका लागि रोजगारी सञ्जाल डट कम भरपर्दो मध्यम हुन सक्छ ।

उनका अनुसार कम्पनीले अबको केही समयमा मोबाइल एप पनि सार्बजनिक गर्ने तयारी गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०