close

भिभो सेल्स कार्निभलमा मोबाइल किन्दा भारी छूटसँगै बम्पर उपहार

टेकपाना टेकपाना

मंसिर २२, २०७७ १७:५६

भिभो सेल्स कार्निभलमा मोबाइल किन्दा भारी छूटसँगै बम्पर उपहार

काठमाडौं । भिभोले नेपालमा आफ्नो व्यवसायिक यात्राको तेस्रो वर्ष पुरा गरेको छ । यसैबीच कम्पनीको आधिकारिक फेसबुक पेजमा समेत आठ लाख लाइक पुरा भएको छ । 

सोही अवसरमा भिभोले आफ्ना नेपाली प्रयोगकर्ताहरुका लागि भव्य सेल्स कार्निभल आयोजना गर्ने भएको हो । आगामी १२ डिसेम्बरदेखि ५ जनवरीसम्म आयोजना हुने उक्त सेल्स कार्निभलमा भिभोका प्रयोगकर्ता बाहेक विशेषगरी विद्यार्थी, घुमन्ते, फोटोग्राफर तथा भिभो फ्यान क्लबका सदस्यहरु सहभागी हुन सक्नेछन् ।

सेल्स कार्निभलमा ग्राहकहरुले भिभो स्मार्टफोनको खरिदमा भारी छूट तथा रोचक गिफ्ट ह्याम्पर्स पाउन सक्छन् । साथै २५ दिनसम्म चल्ने उक्त समारोहमा हरेक स्मार्टफोनको खरिद बिक्रीमा लक्की ड्रबाट बम्फर पुरस्कार समेत जित्ने अवसर हुनेछ ।

भिभोको यो भव्य अवसरमा सहभागी भएर लाभ लिन ग्राहकहरुले नजिकैको भिभोको खुद्रा स्वरुम तथा दराज लगायतका अनलाइन पार्टनरबाट मोबाइल खरिद गर्न सक्नेछन् । 

क्यामेरा र स्लिक प्रिमियम लुक्स तथा डिजाइनका लागि लोकप्रिय भिभो फोन अहिले नेपाली युवाहरुमाझ निकै लोकप्रिय छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०