close

वेबपेज किन स्लो भयो, गुगल क्रोमबाटै यसरी थाहा पाउनुहोस्

टेकपाना टेकपाना

मंसिर २३, २०७७ १३:१

वेबपेज किन स्लो भयो, गुगल क्रोमबाटै यसरी थाहा पाउनुहोस्

काठमाडौं । गुगल क्रोमले अब तपाईंले खोलेको वेबसाइट किन स्लो भएको हो, त्यसको कारण बताउने भएको छ । अहिलेसम्म हामी कुनै साइट खोल्दा स्लो भएको खण्डमा इन्टरनेट सेवा प्रदायकलाई गाली गरिरहेका हुन्छौं ।

तर, अब भने क्रोमले उक्त साइट स्लो हुनुको कारण के के हुन सक्छ, के कुराले साइट स्लो भइरहेको छ भन्ने कुराको जानकारी दिनेछ । त्यसका लागि गुगल क्रोमले ‘वेब भाइटल मेट्रिक्स’ प्रयोग गरेको उल्लेख छ ।

जसका मद्दतले साइटको पर्फमेन्स हेर्न सकिनेछ । यो फिचर क्रोमको नयाँ अपडेट भर्सन ८९ बाट उपलब्ध हुनेछ । उक्त फिचरले कुन बेला साइटमा प्रयोगकर्ताले सबैभन्दा राम्रो अनुभव लिन पाएका छन् भन्ने जानकारी समेत दिनेछ ।

तर, कम्पनीले यो फिचर अहिले भने परीक्षणको रुपमा मात्रै सार्वजनिक गरिएको जनाएको छ । त्यसैले यो फिचर परीक्षणका लागि तपाईंले क्रोमको क्यानरी बिल्ड ‘Canary build’ भसर्न प्रयोग गर्न आवश्यक छ ।

उक्त भर्सन तपाईंले वेब ब्राउजरमा सर्च गरेर डाउनलोड गर्न सक्नुहुनेछ । जब तपाईंले क्रोमको क्यानरी बिल्ड भसर्न डाउनलोड गरी इन्स्टल गर्नुहुन्छ, उक्त भसर्नको क्रोममा ‘chrome://flags’ खोल्नुहोस् ।

त्यसको माथि एउटा सर्च बक्स रहेको छ । उक्त सर्च बक्समा ‘Show performance metrics in HUD’ टाइप गरी सर्च गर्नुहोस् र त्यसलाई इनेबल गर्नुहोस् ।

यति गरेसँगै उक्त ब्राउजरलाई एक पटक बन्द गरेर पुनः खोल्नुहोस् । पुनः उक्त क्रोम ब्राउजर खोल्दा दायाँ साइडको माथि तपाईंले साइटको पर्फमेन्स देख्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०