close

वन प्लसका ३ नयाँ स्मार्टफोनको प्रि बुकिङ सुरु

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १८:३६

वन प्लसका ३ नयाँ स्मार्टफोनको प्रि बुकिङ सुरु

काठमाडौं । लोकप्रिय स्मार्टफोन ब्राण्ड वानप्लस नेपाली बजारमा पुनः भित्रिएको छ । वनप्लसको फ्ल्यागशिप मोडल वानप्लस एट प्रोका साथ वानप्लसका प्रिमियम स्मार्टफोनहरु वानप्लस नोर्ड फाइभजीवानप्लस नोर्ड एनटेन फाइभजी नेपाली बजारमा आउने भएका हुन् ।

नेपालका लागि वनप्लसको आधिकारीक बिक्रेता क्रेटोस टेक्नोलोजिज् प्रालिमार्फत आगामी मंसिर २९ गतेबाट यी फोनहरु नेपाली बजारमा सार्वजनिक हुनेछन् । गत वर्ष वनप्लसले ९० हर्जको फ्ल्युड एमोलेड डिस्प्लेका साथ आफ्ना नयाँ स्मार्टफोन बजारमा ल्याएसँगै त्यसप्रति उपभोक्ताको विशेष आकर्षण देखिएको थियो ।

यस वर्ष फाइभजी प्रविधी र थप उत्कृष्ट डिस्प्लेका साथ वनप्लसले आफ्ना प्रयोगकर्तालाई फाष्ट एण्ड स्मुथ अनुभूती दिलाउन थप सफल रहने विश्वास लिइएको छ । उपभोक्ता माझ निकै लोकप्रिय रहेको वानप्लसले नेपाली बजारमा थप नयाँ उचाई हाँसिल गर्ने कम्पनीको आशा छ ।

क्रेटोस टेक्नोलोजिजको देशव्यापी बलियो वितरण संजाल र प्रतिबद्ध बिक्री पश्चातको सेवाको माध्यमबाट वनप्लसका उपभोक्ताले थप लाभ हाँसिल गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रि बुकिङ सुरु

क्रेटोस टेक्नोलोजिज प्रालिले बुधबारदेखि वनप्लसका स्मार्टफोनका लागि प्रि–बिकिङ सुरु गरेको छ । कम्पनीका अनुसार वनप्लसका तीन वटै मोडलका स्मार्टफोनहरु २९ गतेदेखि बजारमा उपलब्ध हुनेछन् ।

प्रि बुकिङ गर्ने उपभोक्तालाई समेत सोही दिनबाट डेलिभरी दिन सुरु गरिने बताइएको छ । अनलाइन प्लेटफर्म दराज तथा सस्तोडिल र क्रेटोस टेक्नोलोजिजका देशभरका रिटेल स्टोरमार्फत वनप्लसका लागि प्रि–बुकिङ गर्न सकिनेछ ।

यसरी प्रि–बुकिङ गर्ने ग्राहकमध्ये फ्ल्यागशिप मोडल वनप्लस एट प्रोका ग्राहकहरुले एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्स तथा वनप्लस कम्युनिटी डिस्काउन्ट कार्ड समेत प्राप्त गर्नेछन् ।

वनप्लस नोर्ड एन टेन फाइभजीको मूल्य ३९ हजार ४९९ रुपैयाँ, वन प्लस नोर्ड फाइभजीको मूल्य ६३ हजार ९९९ रुपैयाँ र वनप्लस एट प्रोको मूल्य एक लाख २५ हजार ९९९ रुपैयाँ राखिएको छ र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०