close

मंसिर २९ देखि नेपाल आउँदै वनप्लसको सस्तो फाइभजी फोन नोर्ड एन टेन

टेकपाना टेकपाना

मंसिर २४, २०७७ २०:३९

मंसिर २९ देखि नेपाल आउँदै वनप्लसको सस्तो फाइभजी फोन नोर्ड एन टेन

काठमाडौं । प्रिमियम स्मार्टफोन निर्माता कम्पनी वनप्ल्सले आफ्नो सस्तो फाइभजी स्मार्टफोन नोर्ड एन टेन नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले आउँदो सोमबारदेखि यो नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।

नेपालका लागि वनप्लसको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिजले भित्र्याउने यो फोनको बजार मूल्य ३९ हजार ४९९ रुपैयाँ राखिएको छ । यो फोनमा ९० हर्ज रिफ्रेश रेट भएको ६.४९ इन्चको फुल एचडी आईपीएस एलसीडी डिस्प्ले राखिएको छ ।

जसमा कर्निङ गोरिल्ला ग्लास थ्रीको प्रोटेक्सन दिइएको छ । नेटवर्क कनेक्टिभिटीको रुपमा यसमा टुजी, थ्रीजी, फोरजी र फाइभजी नेटवर्क सपोर्ट रहेको छ ।

साथै यो फोनमा क्वालकम स्नापड्रागन २९० फाइभजी (८ एनएम) प्रोसेसर राखिएको छ भने यसमा एड्रिनो ९१९ एल जीपीयू प्रयोग गरिएको छ । यो फोन ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजका साथ बजारमा आउनेछ ।

जसलाई एसडी कार्डमार्फत ५१२ जीबीसम्म विस्तार गर्न सकिन्छ । रपरेटिङ सिस्टमको कुरा गर्दा यो फोन एन्ड्रोइड टेन तथा अक्सिजन ओएस १०.५ मा रन हुनेछ ।

क्यामेरा

यो फोनमा पछाडि भागमा चार वटा क्यामेरा (क्वाड क्यामेरा) को सेटअप रहेको छ । जसमा ६४ मेगापिक्सेलको मेन क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा, दुई मेगापिक्सेलको डेप्थ सेन्सर र दुई मेगापिक्सेलकै म्याक्रो लेन्स राखिएको छ ।

जसबाट १०८० पिक्सेल एचडी भिडियो रेकर्ड गर्न सकिन्छ । साथै यो फोनमा सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

यस्तै लाउड स्पिकरको रुपमा यो फोनमा दुई वटा स्पिकर राखिएको छ भने सेक्युरिटीका लागि फेस अनलक तथा रियर माउन्टेड फिंगरप्रिन्ट स्क्यानर दिइएको छ ।

ब्याट्री

यो फोनमा पावरका लागि ४३०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने यसका लागि ३० वाट फास्ट चार्जिमङ सपोर्ट समेत दिइएको छ । साथै यूएसबी पोर्टको रुपमा यसमा यूएसबी टाइप सी २.० तथा यूएसबी द गो रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०