close

सामसङ मोबाइलहरुमा कहिले आउँदैछ एन्ड्रोइड ११ को अपडेट ?

टेकपाना टेकपाना

मंसिर २४, २०७७ २२:३

सामसङ मोबाइलहरुमा कहिले आउँदैछ एन्ड्रोइड ११ को अपडेट ?

काठमाडौं । लोकप्रिय एन्ड्रोइड स्मार्टफोन निर्माणकर्ता कम्पनी सामसङले एन्ड्रोइड अपरेटिङ सिस्टमको कस्टमाइज भर्सन, युआई आफ्ना फोनहरुमा राखेको लामो समय भइसकेको छ । यसैबीच अब एन्ड्रोइड ११ र वान युआई थ्री पनि सामसङको स्मार्टफोनहरुमा चाँडै आउँदैछ ।

सामसङले हालै सार्वजनिक गरेको एउटा तालिका अनुसार सामसङका अधिकांश वान युआई थ्री कम्पाटिबल डिभाइसहरुले सन् २०२१ को सुरुवातमै नयाँ अपडेट र फिचर प्राप्त गर्नेछन् । सामसङको फ्ल्यागशिप एस ट्वान्टीमा भने यहि डिसेम्बर ७ मै नयाँ अपडेट आइसकेको छ । 

यसै डिसेम्बरभित्रमा ग्यालेक्सी एस ट्वान्टीका सबै लाइनअप एस ट्वान्टी, एस ट्वान्टी प्लस र एस ट्वान्टी अल्ट्रामा वान युआई थ्री अपडेट हुनेछ । सामसङका अन्य स्मार्टफोनमा भने आगामी जनवरी र फेब्रुअरीमा यी अपडेटहरु आउने छन् । 

ग्यालेक्सी नोट ट्वान्टी, नोट ट्वान्टी अल्ट्रा र ग्यालेक्सी एस ट्वान्टी एफईमा जनवरीभित्र अपडेट आउनेछ । यसैगरी ग्यालेक्सी फोल्ड, ग्यालेक्सी जेड फोल्ड टु, ग्यालेक्सी जेड फ्लिप, जेड फ्लिप फाइभजी , ग्यालेक्सी नोट टेन , नोट टेन प्लस , ग्यालेक्सी एस टेन , एस टेन प्लस, एस टेन ई र एस टेन लाइटमा भने फेब्रुअरीसम्ममा एन्ड्रोइड इलाभेन र वान यूआई थ्री अपडेट आउने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०