काठमाडौं । इयरफोन किन्दै हुनुहुन्छ भने बजारमा धेरै किसिमका इयरफोन पाउन सक्नुहुन्छ । जसमा इन इयर, अन इयर, ओभर इयर, वायर्ड, वायरलेस, न्वाइज क्यान्सलिङ, भ्वाइस कन्ट्रोल आदि जस्ता अनक विकल्प छन् ।
बजारमा जति धेरै किसिमका इयरफोनहरु छन्, मूल्यमा पनि त्यति नै धेरै विविधता छ । तर इयरफोन छनौट गर्ने मामिलामा सधैं आफ्नो प्रयोजन र प्रयोग गर्ने अवस्थालाई प्राथमिकतामा राख्नुहोस् । ता कि तपाईंको लिसनिङ एक्सपिरियन्समा कुनै पनि किसिमको बाधा नआओस् ।
लामो दूरीको यात्रा गरिरहनेहरुका लागि
यदि तपाईं यात्रा गरिरहनु हुन्छ भने तपाईंका लागि इन इयर डिजाइनवाला इयरफोन उपयुक्त हुन्छ । इन इयर डिजाइन क्याटेगरीको एयरपोड प्रो उत्कृष्ट मोडल मध्येमा पर्दछ ।
इन इयर हेडफोन
यो इयरफोन कम्प्याक्ट र हलुको हुन्छ । जसकारण यसलाई लामो समयसम्म कानका लगाइरहँदा पनि भारी हुने समस्या हुँदैन ।
त्यसो त बजारमा अन इयर डिजाइन पनि छन् । यी पनि प्रयोग गर्न एकदमै हलुङ्गो किसिमका हुन्छन् ।
अन इयर हेडफोन
यसैले दोस्रो विकल्पमा यो पनि ठिक हुनसक्छ । तर ओभर इयर डिजाइन भने कहिल्यै प्रयोग नगर्नुहोस् । किनभने यी धेरै ठूला र भारी हुन्छन् ।
घरमा बस्नेका लागि
यदि तपाईं आफ्नो घरमा बस्दा इयरफोन सुन्न चाहनुहुन्छ भने त्यो हलुका वा कम्प्याक्ट हुन आवश्यक छैन । त्यसैले ओभर इयर एयरफोन तपाईंका लागि राम्रो विकल्प बन्न सक्छ ।
ओभर इयर हेडफोन
यसमा भएको ठूलो इयर कप र त्यसभित्रका ठूला स्पिकर ड्राइभर्सले ठूलो स्केलमा साउण्ड प्रदान गर्दछ ।
उडानका लागि
यदि तपाईं विमानमा निरन्तर यात्रा गरिरहनुहुन्छ र त्यहाँ सुन्न उपयुक्त इयरफोनको खोजीमा हुनुहुन्छ भने ओभर इयर मोडल तपाईंका लागि सही इयरफोन हुनसक्छ । यो एउटा एक्टिभ न्वाइज क्यान्सिलेसन प्रबन्ध सहितको इयरफोन हो ।
ओपन ब्याक हेडफोन
जब तपाईं हेडफोन प्रयोग गरिरहनु भएको हुन्छ, तब आफू वरपरको मान्छेहरु बारे पनि ध्यान दिनुहोस् । इन इयर डिजाइन तपाईंको कानको प्वालभित्र मिलेर बस्ने हुँदा आवाज लिक हुँदैन ।
तर ओपन इयर डिजाइन भने ओपन ब्याक डिजाइनमा बनेका हुन्छन् । यसमा आवाज सजिलै लिक हुन्छ । वास्तवमा यी ठूलो र फूल भोलुमका लागि डिजाइन गरिएका हुन् ।
क्लोज ब्याक इयरफोन बायाँ र क्लोज ब्याक इयरफोन दायाँ
यसैकारण आफू एक्लो हुँदा मात्र ओपन ब्याक डिजाइनका इयरफोनहरु सुन्न हामी तपाईंलाई सुझाव दिन्छौं ।
वायर भर्सेस वायरलेस
वायरलेस हेडफोनहरु प्रयोग गर्नका लागि एकदमै सजिला हुन्छन् । एपीटी एक्स एचडी ब्लुटुथ जस्ता विकासका कारण हाई रेजोलुसन अडियो फाइलहरु वायरलेस स्ट्रिमिङ गर्न सम्भव भएको छ ।
वायरलेस बायाँ र वायर्ड दायाँ
नयाँ इनोभेसनका कारण अहिले दुवै कानतिरका इयरफोनहरु सोर्ससँग जोडिन थालेका छ्न् । यसअघिका इयरफोनहरु एकतर्फको प्लेयरसँग जोडिने गर्दथे भने अर्कोलाई स्ट्रिमिङ गर्दथ्यो ।
यसमा न्युन वायरलेस लेटेन्सी हुन्छ । जसले गर्दा अडियो र भिडियोको सिङ्क्रोनाइजेसन राम्रो हुन्छ । त्यसैले वायरलेस इयरफोन सुन्न धेरै सजिलो र राम्रो भएको छ ।