close

दुवै नेपाली पब्जी टिम ‘थर्ड सुपर विकेन्ड’ मा प्रवेश

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १०:२८

दुवै नेपाली पब्जी टिम ‘थर्ड सुपर विकेन्ड’ मा प्रवेश

काठमाडौं । दुवै नेपाली पब्जी टिम डीआरएस गेमिङ र एएसएल थर्ड सुपर विकेन्डका लागि छनौट भएका छन् । जारी विश्वकै ठूलो पब्जी मोबाइल टुर्नामेन्टको ग्लोबल च्याम्पियनशिपको तेस्रो हप्ताको दोस्रो दिनको खेलबाट दुवै नेपाली टिम उत्कृष्ट १६ भित्र पर्न सफल भएका हुन् ।

च्याम्पियनशिपको लिडरबोर्डमा डीआरएस गेमिङले ८ खेलबाट ३३ किल प्वाइन्ट र ५४ प्लेस प्वाइन्ट गरी कुल ८७ अ‌क हात पारेको छ । समान खेलपश्चात पहिलो र दोस्रो स्थानमा रहेका फुटबोलिस्ट र क्लास डजिटल एथ्लेटिक्सको कूल अंक क्रमशः ९५ र ८८ रहेको छ ।

नेपाली टिम डीआरएस किल प्वाइन्टमा पछाडि परेपनि प्लेस प्वाइन्टमा भने अग्र स्थानमा रहेका दुवै टिमभन्दा बढी अंक बटुल्न सफल भएको छ । यसैगरी १६ औं स्थानमा रहेको अर्को नेपाली टिम एब्रप्ट स्लेयर्सले आठ खेलपश्चात २३ किल प्वाइन्ट तथा २९ प्लेस प्वाइन्ट गरी कूल ५२ अंक हात पारेको छ ।

यस अघि तेस्रो साताको पहिलो दिनसम्मका चार खेलबाट एब्रप्ट स्लेयर चौथो स्थानमा रहेको थियो भने डीआरएस गेमिङ १२ औं नम्बरमा रहेको थियो । २४ वटा टिम सहभागी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिपमा चार वटा सुपर विकेन्डका टप १६ टिमले फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।

लिगको फाइनल खेल आउँदो जनवरीमा आयोजना हुनेछ । च्याम्पियनशिपका लागि पुल प्राइज (पुरस्कार) को राशी दुई मिलियन डलर अर्थात करिब २४ करोड रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०