close

पुल्चोक इन्जिनियरिङका अतिश रौनियारले हात पारे ‘ग्लोबल कोडिङ च्यालेञ्ज’ अवार्ड

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १२:३७

पुल्चोक इन्जिनियरिङका अतिश  रौनियारले हात पारे ‘ग्लोबल कोडिङ च्यालेञ्ज’ अवार्ड

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत अतिश शाह रौनियार ग्लोबल कोडिङ च्यालेञ्ज २०२० को बिजेता बनेका छन् । विश्वभरका १७६ जना प्रतिस्पर्धी सहभागी रहेको उक्त प्रतिस्पर्धामा कम्प्युटर इन्जिनिरिङका विद्यार्थी रौनियार ‘रेस्ट अफ द वर्ल्ड’ क्षेत्रबाट प्रथम बनेका हुन् ।

च्यालेञ्ज अन्तर्गत बेलायत तथा आयरल्याण्ड, भारत, अमेरिका तथा क्यानडा, वीट्जरल्याण्ड, दक्षिण पूर्वी एसिया (सिंगापुर, जापान र हङकङ), युरोप र बाँकी विश्वका लागि छुट्टाछ्ट्टै कोडिङ च्यालेञ्ज आयोजना गरिएको थियो ।

रौनियारले बोनसमा २३५, इजीमा २२०१.२५, मिडियम १९९९.६६ र हार्डमा २१९०.४९ गरी कूल ६६२६.४० अंक प्राप्त गरेका छन् । युनिभर्सिटी अफ न्यू साउथ वेल्सका एरिक चान रेस्ट अफ द वर्ल्डमा दोस्रो भएका छन् । उनले कुल ६५७०.५६ अंक प्राप्त गरेका छन् ।

स्वीस ग्लोबल इन्भेस्टमेन्ट बैंकले यो प्रतिस्पर्धा आयोजना गरेको थियो । तीन साता लामो यो प्रतिस्पर्धा गत अक्टुबर १९ देखि नोभेम्बर ९ सम्म सञ्चालन भएको थियो ।

प्रथम भएसँगै रौनियारले नयाँ आईफोन उपहारको रुपमा पाउनेछन् भने आयोजक बैंकमा इन्टर्नशिपको मौका समेत पाउनसक्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०