close

‘ओफ्यान्स फेस्टिभल’ आयोजना गर्दै ओप्पो, विजेतालाई आकर्षक उपहार

टेकपाना टेकपाना

मंसिर २५, २०७७ १६:१८

‘ओफ्यान्स फेस्टिभल’ आयोजना गर्दै ओप्पो, विजेतालाई आकर्षक उपहार

काठमाडौं । ओप्पाले ‘ओफ्यान्स फेस्टिभल’ एसएमएस क्याम्पेनको घोषणा गरेको छ । ब्राण्डप्रति आफ्ना उपभोक्ताले देखाएको प्रगाढ प्रेम र समर्थनका लागि कृतज्ञता व्यक्त गर्ने अभिप्रायका साथ कम्पनीले ‘ओफ्यान्स फेस्टिभल’ आयोजना गर्ने भएको हो ।

यो एसएमएस उपहार योजनामा सहभागिता जनाएर उपभोक्ताले ओप्पोका हरेक उपकरणको खरिदमा आकर्षक उपहारहरु जित्न सक्नेछन् । ‘ओफ्यान्स फेस्टिभल’ क्याम्पेन आउँदो जनवरी १० सम्म लागु हुने कम्पनीले जनाएको छ ।

ओप्पोका नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले ग्लोबल कम्पनीका रुपमा ओप्पोले सधैँ स्थानीयकरणमा विश्वास गर्दै आएको बताए । नेपाल आफूहरुका लागि विशेष प्राथमिकता बोकेको बजार रहेको भन्दै उनले यहाँका उपभोक्ताका लागि ‘ओफ्यान्स फेस्टिवल’ एसएमएस उपहार योजनाको घोषणा गरिएको उल्लेख गरे ।

‘क्याम्पेन अवधिभर ओप्पोका कुनै पनि उत्पादन खरिद गरी उपभोक्ताले यो योजनामा सहभागिता जनाउन सक्नेछन्,’ उनले भने, ‘सहभागिताका लागि उपभोक्ताले, फोनका लागि अंग्रेजीमा Ofans लेखेर स्पेस दिइसकेपछि आईएमईआई तथा आईओटी उपकरणका लागि Ofans पछि स्पेस दिएर सीएमईआई वा डीसी कोड उल्लेख गरी ३७००१ मा एसएमएस पठाउनु पर्ने हुन्छ ।

यसरी प्राप्त एसएमएसमार्फत हरेक चरणमा एक जना भाग्यशाली विजेताको छनौट गरिने कम्पनीले जनाएको छ । यस्तो विजेताले ओप्पोका तर्फबाट आकर्षक उपहार जित्नेछ ।

विजेताहरुको घोषणा हरेक हप्ताको अन्त्यमा ओप्पो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिने छ । क्याम्पेन अवधिभर, लक्की ड्रमा विजेताका रुपमा छनौटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्की ड्रमा सहभागि हुने अवसर प्रदान गरिनेछ ।

तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०