close

मोटोरोलाका २ नयाँ फोन नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

मंसिर २६, २०७७ १८:१९

मोटोरोलाका २ नयाँ फोन नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । मोटोरोलाले दुई नयाँ फोनसँगै नेपाली बजारमा कमब्याक गरेको छ । मोटो ई सेभेन प्लस र मोटो जी नाइन प्लेसँगै कम्पनी पुनः नेपाल आएको हो ।  

नेपालका लागि मोटोरोलाको आधिकारिक बिक्रेता कल मोबिलिटीले नेपाली बजारमा ल्याएका दुवै फोन पर्फमेन्स, क्यामेरा र ब्याट्रीको मामिलामा एकदमै राम्रा छन् । नयाँ मोटो जी नाइन प्लेको बारेमा कुरा गर्दा यसमा ६.५ इन्चको म्याक्स भिजन एचडी प्लस डिस्प्ले रहेको छ ।

जसको अल्ट्रा वाइड स्क्रिनमा भिडीयो हेर्न र गेम खेल्न एकदमै रमाइलो हुन्छ । यसमा एन्ड्रोइड १० ओएस भर्सनमा क्वालकम स्नापड्रागन ६६२ प्रोसेसर राखिएको छ ।

यसमा चार जीबी र्‍याम र १२८ जीबी इन्टरनल स्टोरेज दिइएको छ । पाँच हजार एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा २० वाटको टर्बो पावर राखिएको छ ।

एकपटक चार्ज गरेपछि तपाईंले ढुक्कसँग दुई दिनसम्म यो स्मार्टफोन प्रयोग गर्न सक्नुहुन्छ । ट्रिपल क्यामेरा सिस्टम (तीन वटा क्यामेरा भएको) रहेको यस फोनमा ४८ मेगापिक्सेलको प्राइमरी सेन्सर र एफ/१.७ अपार्चर छ ।

फोनको क्यामेरामा नाइट मोड पनि छ । जसले न्यून प्रकाशमा पनि उज्यालो तस्वीर लिन मद्दत गर्दछ । यसमा भएको डेप्थ सेन्सरका कारण ब्याकग्राउण्डलाई ब्लर बनाएर  उत्कृष्ट पोट्रेटहरु लिन सकिन्छ ।

दुई सेन्टिमिटरसम्मको दूरीबाट तस्वीर खिच्न सकिने गरी यसमा म्याक्रो भिजन क्यामेरा पनि उपलब्ध छ । जसले प्रयोगकर्तालाई व्यवसायिक फोटोग्राफीको समेत अनुभव प्रदान गर्न सक्छ । 

एकमात्र निलो कलर अप्सनमा उपलब्ध यो फोन फाइभजी कनेक्टिभिटी कम्प्याटिबल फोन हो । यसमा डुअल ब्याण्ड वाईफाई सपोर्ट भएका कारण वर्क फ्रम होमको अनुभवलाई यसले अझै सजिलो बनाइदिएको छ । 

नेपाली बजारमा एकदमै प्रतिस्पर्धी मूल्यमा उपलब्ध यो फोनको मूल्य १९ हजार ९९० रुपैयाँ रहेको छ । आधिकारिक वितरक सेल मोबिलिटीले मोटोरोला जी नाइन प्लेसँगै आज अर्को फोन ई सेभेन प्लस पनि सार्वजनिक गरेको छ ।

मोटोरोलाको मोटो ई सेभेन प्लसको स्क्रिनको कुरा गर्दा यसमा अल्ट्रा वाइड ६.५ इन्चको म्याक्स भिजन एचडी प्लस डिस्प्ले रहेको छ । जसको भ्युविङ एक्सपिरियन्स मोटो जी नाइन प्लेको जस्तै छ । 

ई सेभेनमा क्वालकम स्नापड्रागन ४६० प्रोसेसर र चार जीबी र्‍याम छ । स्टोरेजको कुरा गर्दा यसमा ६४ जीबी इन्टरनल स्टोरेज रहेको छ । 

ई सेभेन प्लसको ब्याट्री ब्याकअप र क्यामेरा सिस्टम पनि जी नाइन प्लेको जस्तै छ । मिस्टी ब्लू सिङ्गल कलर अप्सनमा उपलब्ध यो फोनको मूल्य १६ हजार ५९० रुपैयाँ रहेको छ । 

मोटोरोला कम्पनीका भारत तथा दक्षिण एसियाली क्षेत्रका मार्केटिङ प्रमुख शिवरामका अनुसार अन्य फोनमा जस्तो मोटोरोलाका फोनमा कम्पनीले एप इन्स्टल नगर्ने र फोनहरु एड, ब्लोटवेयर फ्री हुने बताएका छन् । 

मोटोरोलाका यी दुवै फोनहरु अनलाइन तथा अफलाइन दुवै माध्यममा उपलब्ध हुने कल मोबिलिटीले बताएको छ । यी फोनहरु दराज अनलाइनमा १२ डिसेम्बरदेखि उपलब्ध हुनेछन् भने कल मोबिलिटीका सम्पूर्ण आधिकारिक आउटलेटहरुमा पाउन सकिनेछ । 

आधिकारिक वितरकले यी फोनमा एक वर्षको वारेन्टी तथा ब्याट्री र चार्जरमा ६ महिनाको वारेन्टी दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४