close

सानिमा बैंको एप प्रयोग गर्नेलाई डेटा सहितको एनसेल सिम सित्तैमा

टेकपाना टेकपाना

मंसिर २९, २०७७ ९:३५

सानिमा बैंको एप प्रयोग गर्नेलाई डेटा सहितको एनसेल सिम सित्तैमा

काठमाडौं । अब सानिमा बैंकको मोबाइल बैंकिङ एप सानिमा सजिलो ई बैंकिङका प्रयोगकर्तालाई एनसेलले डेटा प्याकेज सहितको सिम निःशुल्क दिने भएको छ । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेड बीच प्रयोगकर्तालाई डेटा सहितको सिम निःशुल्क दिने सम्झौता भएको हो ।

एनसेलको कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेलका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सानिमा बैंकको मोबाइल बैंकिङ सेवा लिने ग्राहकले तीन सय रुपैयाँ बराबरको डेटा तथा भ्वाइस सहितको सिम कार्ड निःशुल्क पाउनेछन् । साथै मोबाइल एप प्रयोग गर्न प्रति महिना थप २५० एमबी डेटा सित्तैमा पाउने बैंकले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४