close

माइक्रोसफ्टलाई यसरी रिपोर्ट गर्नुहोस् फिशिङ वा स्पाम ईमेल

टेकपाना टेकपाना

मंसिर २९, २०७७ ८:४६

माइक्रोसफ्टलाई यसरी रिपोर्ट गर्नुहोस् फिशिङ वा स्पाम ईमेल

काठमाडौं । यदि तपाईंले कतैबाट शंकास्पद ईमेल पाउनु भयो भने त्यसलाई डिलिट वा बेवास्ता गर्न सक्नुहुन्छ । वा अर्को माध्यम भनेको त्यस्ता ईमेलको विश्लेषणका लागि माइक्रोसफ्टमा पठाउन सक्नुहुन्छ । 

यसका लागि तपाईंले रिपोर्ट माइक्रोसफ्टको विशेष ठेगाना वा रिपोर्ट म्यासेज भनिने आउटलूक एड इनमा पठाउनु पर्ने हुन्छ । साथै कुनै पनि म्यासेजलाई स्पामको रुपमा मार्क गर्नु छ, तर कसैले गरेको छैन भने त्यसलाई ‘फल्स नेगेटिभ’ भनेर तपाईंले प्रोसेस गर्न सक्नुहुन्छ ।

यसबाहेक कुनै पनि वैधानिक म्यासेज भुलवश स्पामको रुपमा मार्क भएको छ भने तपाईंले त्यसलाई ‘फल्स पोजेटिभ’ को रुपमा रिपोर्ट गर्न सक्नुहुन्छ । माइक्रोसफ्टले आफ्नो स्पाम फिल्टरिङ प्रविधिलाई सुधार गर्न त्यस्ता म्यासेजको विश्लेषण गर्दछ ।

यदि तपाईंले माइक्रोसफ्ट आउटलूक प्रयोग गर्ने हो भने रिपोर्ट म्यासेज एड ईन इन्स्टल गरी इनेबल गर्नुहोस् । यो एड इनले तपाईंको माइक्रोसफ्ट अफिस ३६५ सब्सक्रिप्सन र आउटलूकका अन्य भर्सनहरु जस्तै- वेबको आउटलूक, आउटलूक २०१३ एसपीवान, आउटलूक २०१६, आउटलूक २०१६ फर द म्याक र आउटलूक विथ अफिस ३६५ प्रो प्लसका लागि काम गर्नेछ । 

तर एड इन इनेबल गर्न तपाईंलाई अफिस ३६५ को बिजनेस अकाउन्ट आवश्यक पर्छ । रिपोर्ट म्यासेज इन्स्टल गरिसकेपछि रिपोर्ट गर्न चाहेको ईमेल चयन गर्नुहोस् ।

होम रिबनमा रहेको रिपोर्ट म्यासेज आइकनमा क्लिक गर्नुहोस् । अब तपाईंले रिपोर्ट गर्न चाहेको म्यासेजको उपयुक्त डिस्क्रिप्सन अप्सन चयन गर्नुहोस् । जस्तै स्पाम वा फिशिङ ।

कुनै पनि वैधानिक म्यासेजलाई स्पामको रुपमा ट्याग गरेको छ भने त्यसका लागि नट जङ्क अप्सन छनौट गरी रिपोर्ट गर्न सक्नुहुन्छ । यति गरेपछि बाइ डिफल्ट एउटा कन्फर्मेसन म्यासेज देखा पर्छ ।

तपाईंको रिपोर्ट पठाउन एउटा रिपोर्ट बटन पनि क्लिक गर्नुहोस् । तपाईंले चाहेको खण्डमा कन्फर्मेसन म्यासेजलाई टर्न अफ गर्न सक्नुहुन्छ ।

रिपोर्ट म्यासेज आइकन क्लिक गरी अप्सन छनौट गर्नुहोस् । अप्सन विण्डोमा अटोमेटिक्ली सेन्ड रिपोर्ट चेक गर्नुहोस् र सेभ बटनमा क्लिक गर्नुहोस् । 

तर यदि तपाईं आउटलूक प्रयोग गर्नुहुन्न र तपाईंको भर्सनलाई रिपोर्ट म्यासेज एड इनले सपोर्ट गर्दैन भने तपाईंले फिशिङ वा स्पाम ईमेललाई माइक्रोसफ्टमा फवार्ड गर्न सक्नुहुन्छ । यसका लागि आफ्नो ईमेल प्रोग्राममा खाली इमेल म्यासेज कृयट गर्नुहोस् । 

१. फिसिङ इमेलका लागि आफ्नो म्यासेज [email protected] मा पठाउनुहोस् । 

२. जङ्क इमेलका लागि [email protected] मा पठाउनुहोस् । 

३. भुलवश वैधानिक मेल स्पामको रुपमा मार्क भएको छ भने यसलाई [email protected] मा पठाउनुहोस् । 

त्यस किसिमका जङ्क वा फिशिङ मेललाई अट्याचमेन्टको रुपमा म्यासेजमा कपी पेस्ट गरी सेन्ड गरिदिनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४