close

लिङ्कमा क्लीक गरेर नगर्नुहोस अनलाइन सपिङ्, क्रेडिट कार्डबाट गर्दा सुरक्षित

टेकपाना टेकपाना

मंसिर २९, २०७७ १३:१८

लिङ्कमा क्लीक गरेर नगर्नुहोस अनलाइन सपिङ्, क्रेडिट कार्डबाट गर्दा सुरक्षित

काठमाडौं । कोरोनाको माहामारी सँगै अनलाइन सपिङ गर्ने प्रवृत्ति बढेको छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको अवस्थामा बजारमै पुगेर सामान खरिद गर्नेको संख्या पहिले जस्तो छैन ।
उपभोक्ताको बदलिदो यहि प्रवृत्तिसँगै अनलाइन बजार पनि फस्टाएका छन् ।

विश्व बजारमा अलिबाबा, अमेजन जस्ता कम्पनीले कोरोना महामारीकै बीचमासबैभन्दा बढी आम्दानी गरेर अनलाइन बजारमा नयाँ रेकर्ड नै राखेका छन् । कुनै समय मैले अर्डर गरेको सामान नआउने हो की ? मैले तिरेको पैसा कम्पनीले पाउने हो की हैन ? सामान आउँदा कस्तो आउँछ भन्ने द्विविधाबाट बाहिर निस्किएर अनलाइनबाट सामान किन्न तयार भएका छन् उपभोक्ता ।

त्यसैले पनि यहींबीचमा कतिपय अनलाइन सपिङ कम्पनी थपिए भने पुराना कम्पनीले आफूलाई थप परिष्कृत गरे । अनलाइन व्यापार बढीरहँदा ग्राहकको रुपमा हामीले केही कुरामा भने ध्यान दिन आवश्यक छ ।

यहाँ हामी तपाईहरुलाई साइबर स्काउटका संस्थापक तथा अध्यक्ष एडम लेभिनको अनलाइन सपिङमा ध्यान दिनुपर्ने केही टिप्स यहाँ प्रस्तुत गर्दैछौं । लेभिनका अनुसार अनलाइन सपिङ आफै पनि खराब पात्र र खुद्रा उद्योगबीच मुसा र बिरालोको खेल जस्तै हो ।

भौतिक बजारमा पनि खरिद बिक्री गर्दै गर्दा खतराहरु हुन्छन् । पसलको भौतिक उपकरणले तपाईंको डेबिट कार्डलाई स्क्यान गरिरहेका हुनसक्छन् । एटीएम मसिनमा कार्ड स्वाइप गर्दा जानकारी चोरी भइरहेको हुन्छन् ।

तर अनलाइन सपिङमा विशेषगरी दुई खतरा सधै व्यप्त रहन्छ । जसमध्ये पहिलो तपाईंबाट सम्बन्धित कम्पनीसम्म तपाईंको डेटा गइरहँदा सिस्टमभित्र त्यो कत्तिको सुरक्षित छ भन्ने कुरा बुझ्न आवश्यक छ ।

यस्तै दोस्रो भनेको कम्पनीमा त्यो डेटा पुगिसेपछि त्यहाँको सिस्टमले तपाईंको डेटालाई कसरी सुरक्षित राख्छ ? भन्ने कुराको हामीले जानकारी राख्न जरुरी हुन्छ । पश्चिमा मुलुकमा त यस्ता विषयमा केही कडा नियमहरु बनेका छन् ।

अमेरिकन एक्सप्रेस तथा भिजा जस्ता कार्ड इस्यु गर्ने कम्पनीहरुले सन् २००६ मा संयुक्तरुपमा पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्याण्डर्ड काउन्सिल निर्माण गरेका थिए । जसले क्रेडिट कार्डसँग डिल गर्ने कम्पनीलाई उपभोक्ता सुरक्षाको हितमा काम गरेको सुनिश्चित गर्न नीति तयार गरेको थियो ।

यो नीति एकदमै जटिल भएतापनि यसका फिचरले सिस्टमलाई ठगि नियन्त्रण गर्न हार्डवेयर तथा सफ्टवेयरको सदुपयोग गर्न सघाउ पुर्‍याएको छ । यस प्रकारको फिचरले उपभोक्ताको विवरणलाई जटिल बनाइदिन्छ ।

यसमा इन्क्रिप्सन, टोकनाइजेसन तथा डेटा मास्किङको अवधारणा प्रयोग गरिन्छ । ताकी तपाईको क्रेडिट कार्डको डिटेल खरिदबिक्री पछि बाहिरीन नसकोस् । एप्पल पेले आफ्नो वेबसाइटमा उल्लेख गरे अनुसार उसले कुनै पनि उपभोक्ताको वास्तविक क्रेडिट, डेबिट तथा प्रिपेड कार्ड नम्बरहरुमा कुनै किसिमको एक्सेस गर्दैन ।

जब कुनै व्यक्तिले त्यो कार्ड प्रयोग गर्दछ, तब सबै कुरा इन्क्रिप्ट हुन्छ । तब कार्डको पेमेन्ट नेटवर्कलाई निर्धारण गरेर एप्पलले डेटालाई डिक्रिप्ट गरिदिन्छ । पुनः पेमेन्ट नेटवर्कले मात्र अनलक गर्ने गरी डेटालाई पुनः यसले इन्क्रिप्ट गरिदिन्छ ।

तर, एसियाली मुलुकमा यो खालको प्रचलन र यो खालको नीतिगत कडाइ हुन सकेको छैन् । त्यस्तोमा सुरक्षित अनलाइन सपिङ कसरी गर्ने त ?

त्यसका लागि सेयर गरेको कम्प्युटर वा सार्वजनिक वाईफाईबाट कहिल्यै पनि सपिङ नगर्न लेभिन सल्लाह दिन्छन् । त्यसलाई खराब मान्छेहरुले सजिलै दुरुपयोग गर्न सक्ने उनी बताउँछन् । आफ्नो अनलाइन क्रियाकलापलाई अझ सुरक्षित बनाउन भीपीएन पनि प्रयोग गर्न सकिने उनको सुझाव छ ।

त्यस्तै लिङ्क क्लिक गरेर सामान अर्डर गर्ने बानी त्याग्न अनुरोध गर्छन् । यदि तपाईलाई कुनै कुरा आवश्यक छ भने युआरएलमै गएर टाइप गर्नुहोस् ताकी आफू कता जाँदैछु भन्ने कुरामा तपाईं निश्चिन्त बन्न सक्नुहोस् ।

अर्को भनेको जब तपाई चेकआउट गर्न तयारी हुनुहुन्छ भने डेबिट होइन क्रेडिट कार्ड प्रयोग गर्नुहोस् । किनभने अधिकांश क्रेडिट कार्ड कम्पनीले शून्य डलर ठगि दायित्व अफर गर्दछन् । धेरै डेबिट कार्ड कम्पनीहरुले पनि दायित्वलाई सिमित गरेका छन् । तर चोरी भएको पैसालाई लोकेट गर्न क्रेडिट कार्ड प्रदायककहरु सधैं चाँडो एक्सन लिने गर्दछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४