close

पुस १४ मा स्न्यापड्रागन ८८८ चिपसेट भएको विश्वको पहिलो फोन सार्वजनिक गर्दै एमआई

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १५:३३

पुस १४ मा स्न्यापड्रागन ८८८ चिपसेट भएको विश्वको पहिलो फोन सार्वजनिक गर्दै एमआई

काठमाडौं । गत हप्ता साओमीको नयाँ फ्ल्यागशिप स्मार्टफोन एमआई इलाभेनका केही तस्वीहरु बहिरिएका थिए । हालै मात्र कम्पनीले यो मोडेल सार्वजनिक हुने मिति पनि घोषणा गरिसकेको छ ।

कम्पनी अनुसार डिसेम्बर २९ अर्थात आउँदो पुष १४ मा उक्त फोन सार्वजनिक हुनेछ । स्न्यापड्रागन ८८८ चिपसेट प्रयोग गर्ने यो विश्वकै पहिलो फोन हुनेछ ।

यसमा क्यूएचडी प्लस १२० हर्ज रिफ्रेश रेट भएको डिस्प्ले रहेको छ । यसमा ५० मेगापिक्सेलको प्राइमेरी सेन्सर र १२ मेगापिक्सेलको टेलिफोटो मोड्युल छ ।

फोनमा ५००० एमएएचको ब्याट्री तथा ५५ वाटको फास्ट चार्जिङ सपोर्ट पनि दिइएको छ । रिफ्रेश ब्याक डिजाइन र स्लिम डिस्प्ले बेजल्स अपफ्रन्ट युक्त यो फोनको मूल्य भने हालसम्म कम्पनीले खुलाएको छैन ।

यो स्मार्टफोन विश्वभरका लागि सार्वजनिक हुने हो वा चीनमा मात्र भन्ने विषयमा भने स्पष्ट उल्लेख छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४