close

जूमको प्रतिस्पर्धी बन्न सक्छ म्यासेन्जर

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १७:३१

जूमको प्रतिस्पर्धी बन्न सक्छ म्यासेन्जर

काठमाडौं । कोरोना महामारीका कारण विश्वव्यापी लकडाउन हुँदा जूम र माइक्रोसफ्ट टिम्सजस्ता भिडियो कन्फ्रेन्सिङ एपको लोकप्रियता ह्वात्तै चुलियो ।

बितेको नौ महिनामा यी दुबै सेवाको सक्रिय प्रयोगकर्ता संख्यामा उल्लेखनीय वृद्धि भयो । दैनिक अर्बौ मिनेटका मिटिङहरु यी एपहरुमा होस्ट हुन्छन् । गुगलको ट्रेण्ड डेटा अनुसार २०२० मा जूम सबैभन्दा धेरै सर्च भएको शब्दको चौथो स्थानमा थियो ।

यसबीच फेसबुकले समेत आफ्नो सेवा म्यासेन्जर रुम सार्वजनिक गर्‍यो । भिडियो कन्फ्रेन्सिङ प्लेटफर्मको रुपमा सुरु भएको म्यासेन्जर रुम प्रयोगकर्ताको लागि पूर्णरुपमा निःशुल्क छ । यसमा जोडिंदा समयको कुनै सिमा छैन ।

जति समय पनि निरन्तर यसमा भिडियो कन्फ्रेन्सिङ गर्न सकिन्छ । ५० जना भन्दा माथि सहभागी हुन सक्ने यस प्लेटफर्ममा जोडिनका लागि फेसबुक अकाउन्ट मात्रै भए पुग्छ ।

भिडियो कन्फ्रेन्सिङ स्पेक्ट्रम

अन्य हाई प्रोफाइल भिडियो कन्फ्रेन्सिङ एप जस्तो म्यासेन्जर रुम्सको उदय बिजनेस मार्केटसँग जोडिएको छैन । गत अप्रिलमै सार्वजनिक भएको म्यासेन्जर रुम्सले आफ्ना सेवाग्राहीहरुलाई सुरुमै सेवा प्रदान गर्न थालेको थियो ।

म्यासेन्जरमा प्रोडक्ट म्यानेजमेन्ट निर्देशक रहेका कोन्नर ह्यासका अनुसार भिडियो कन्फ्रेन्सिङ मार्केटको उद्योग स्याचुरेट भएको छ । तर उपभोक्ताको दृष्टिकोणबाट भिडियो कलिङ सेवा दिन चाहने व्यवसायका लागि भने अझै पनि पर्याप्त ठाउँ रहेको उनी बताउँछन् ।

‘भिडियो कन्फ्रेन्सिङ एक्लो बजार होइन । यसभित्र अन्य धेरै किसिमका बजार पनि छन्,’ ह्यास भन्छन्, ‘यो त मानिसहरु एकठाउँमा आएर ह्याङ–आउट गर्ने ठाउँ माध्यम मात्र हुन् ।’

‘हामीले बारम्बार के सिक्दै आइरहेका छौं भने उपभोक्ताको प्रयोगका लागि बनाएका केही कुराहरुले सुरुवातमा अभूतपूर्व स्तरमा भ्याल्यू प्रदान गर्दछ ।

अहिले प्रारम्भ नै छ र हामी मानिसहरुका लागि कस्तो अनुभव उपयुक्त हुन्छ भन्ने कुराको अध्ययन गरिरहेका छौं । तर आगामी केही वर्षमा तपाईले भिडियो कन्फ्रेसिङको स्पेसमा हामीलाई ठूलो खेलाडीको रुपमा देख्नुहुनेछ ।’

बिजनेस प्रयोगका लागि हुने किसिमका प्लेटफर्महरुसँग पहिले पनि मानिसहरु एक स्तरमा परिचित थिए । तर उपभोक्ता केन्द्रित प्लेटफर्म यसबाट लाभान्वित हुन सकेन । मानिसहरु यससँग अभ्यस्त थिएनन् । भिडियो कन्फ्रेन्सिङलाई सामान्य जीवनको हिस्सा बनाउन उनीहरुलाई समय चाहिन्छ ।

मानिसहरुलाई भिडियोबाट जोड्ने यो व्यवसाय निकै विकसित छ । भिडियो कन्फ्रेन्सिङ आवश्यक बनेसँगै व्यवसाय केन्द्रित सेवा तिरै मान्छेहरुको सोच जान्छ ।

‘तर भिडियो सेवालाई कसरी व्यापक मानिसहरुमाझ पुर्‍याउने त्यो अवसर हामीलाई छ । ताकी विश्वभरका जुनसुकै कुनाका मान्छेहरुलाई पनि एकअर्कासँग अलग्गिएर बस्दा एक साथ भएको महसुस गर्ने माध्यम पाउन सकून्,’ उनले भने ।

महामारीपछिको समयमा भिडियो कन्फ्रेन्सिङ

कोभिड १९ को भ्याक्सिन बाहिर आएसँगै धेरै मानिसहरु घरभित्रबाट बाहिरी बातावरणमा फर्कन थाले । संकटको समयमा भिडियो कन्फ्रेन्स मात्र त्यस्तो माध्यम थियो जसले विजनेसहरुलाई चलायमान राख्न र परिवारहरुलाई जोड्न मद्दत गरेको थियो ।

तर विश्व सामान्य अवस्थामा फर्कदैँ गर्दा बजारको प्रतिक्रिया के हुन्छ भन्ने कुरा हेर्ने बाँकी छ । ह्यासलाई यसबारे सोध्दा भिडियो कन्फ्रेन्सको भविष्यलाई लिएर महामारीपछिको समयमा पनि यसको प्रयोगसुमधुर हुनेमा उनी निश्चिन्त थिए ।

‘हजारौं लाखौं मानिसहरुले कहिल्यै प्रयोग नगरेको सेवासँग परिचित भएका छन् र यसबाट भ्याल्यू पनि निकाल्न थालेका छन् । यसैले महामारी सकिए पनि यो महत्वपूर्ण छ भन्ने कुरा बजारले बुझिसकेको छ,’ ह्यास भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४